7 years ago
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए लाइसेन्स प्राप्त राजेन्द्र तामाङले यसपटकको लिगमा नेपाल एपिएफ क्लब सम्हाल्ने भएका छन् । एपिएफले तामाङलाई यसै महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक तामाङलाई नियुक्त गरेको हो ।
उनले क्लबसँग भदौं १ गतेबाट लागु हुने गरि ६ महिनाको सम्झौता गरेको छन् । ‘सफल नतिजाको अपेक्षासहित क्लबले सम्झौता गरेको हो’ खेल जीवनको लामो समय लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी तामाङले हाम्रो खेलकुदसँग भने,‘ प्रशिक्षक चुनौतीका लागि सधै तयार रहनुपर्दछ । क्लबलाई सफलता दिलाउने उद्देश्यका साथ आएको छु ।’
ए डिभिजन लिग असोज १३ गते देखि सुरु हुँदैछ । मनाङमा लामो समय विताएका तामाङ २०६७ मा मच्छिन्द्र क्लबबाट खेल्दै खेल जीवनको अन्त्य गरेका थिए । एपिएफले विगतमा गर्दै आएको प्रशिक्षणमा आफुले केहि परिवर्तन ल्याएको उल्लेख गर्दै तामाङले भने,‘ प्रशिक्षणको तरिका परिवर्तन हुँदा खेलाडीलाई कठिन भयो । अब भने विस्तारै लय समात्दै छन् । यो सुखद पक्ष हो ।’
खेल जीवनकै दौरान स्कुलका विधार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै पोखराका अन्य टोलीलाईै प्रशिक्षण लिए । पछिल्लो पटक उनले ए डिभिजन टोली थ्री स्टारलाई प्रशिक्षण दिएका थिए ।
२०७२ मा थ्री स्टारले उनकै प्रशिक्षणमा राष्ट्रिय लिगको उपाधि जितेको थियो । त्यसयता नेपालमा ए डिभिजन वा राष्ट्रिय लिग भएको छैन । ए डिभिजन लिग पछिल्लो पटक २०७० मा आयोजना भएको थियो । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै लिग विजेताले ५० लाख रुपैयाँ र सहभागिता टोलीले २० लाख रुपैयाँ तयारी वापत पाउने जानकारी गराएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]