7 years ago
September 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट काठमाडौमा आयोजना हुने समूह ‘ई’ अन्तर्गतको एएफसी यु–१६ महिला च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा जानकारी गराएको छ ।
एन्फाले सोमबार एन्फा मुख्यालय सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो नेपाल रहेको समूह ‘इ’ बाट सिरियाले आफ्नो नाम फिर्ता लिएपछि यो समूहमा नेपालसहित चार टोलीको सहभागिता छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले एएफसीको तयारीका लागि गत महिना साफ यु–१५ प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गर्दै यसपटक सन्तोषजनक नतिजाको अपेक्षा गरिएको बताए ।
‘हामीले अन्य प्रतिद्धन्द्धीको बारेमा बुझेका छैनौ । तर, हामी छनोट हुने लक्ष्यसहित खेल्नेछौं । हामीले नियमित रुपमा प्रशिक्षण गरेका छौं । शीर्ष दुईमा रहँदै छनोट हुने हाम्रो योजना छ ’ महासचिव तुलाधरले भने । नेपालले सेप्टेम्बर १९ मा फिलिपिन्ससँग खेल्दै छनोटको शुरुवात गर्नेछ ।
नेपालले म्यानमारसँग सेप्टेम्बर २१ मा खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग सेप्टेम्बर २३ मा खेल्नेछ । प्रतियोगिताको लागि सबै तीन टोली नेपाल आइसकेको एन्फाले जनाएको छ । छनोटको सम्पूर्ण खेल हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]