7 years ago
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षपछि आयोजना हुन लागेको नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगलाई पल्सरले मुख्य प्रायोजन सम्झौता गरेको छ ।

गोल्छा अर्गनाइजेसन अन्र्तगतको नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले तीन वर्षका लागि ‘ए’ डिभिजन लिगसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईले हस्ताक्षर गरे ।
‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छौं । देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी पनि छौं,’ एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ । हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रहेको छ ।’
‘यससँगै हामीले बिभिन्न अवार्ड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छौं । जसमध्ये पल्सर स्पोर्टस् अवार्ड एक उत्कृष्ट अवार्ड अन्तर्गत पर्दछ’, गोल्छाले थपे ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]