default_image

7 years ago

September 20, 2018

‘म मेसी र रोनाल्डोजस्तै विश्वस्तरीय खेलाडी हुँ ’ – ग्रिजम्यान

101 views

0 Bookmark

एजेन्सी – फ्रान्सको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य तथा विश्वकप विजेता एन्टोइन ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शन पछि आफु विश्व स्तरीय खेलाडीको स्थानमा रहेको बताएका छन् ।

Griezmann

उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न नसकेपनि आफ्नो स्किलका आधारमा स्तरीय खेलाडी रहेको बताए । ‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन् । यो स्पष्ट छ की म रोनाल्डो, मेसी, नेयमार वा केलियन एमबाप्पे भन्दा फरक छु, ’ ग्रिजम्यानले भने, ‘म विश्वस्तरीय खेलाडी हुँ र अझै राम्रो गर्न सक्छु । म सबैमा पूर्ण हुन चाहन्छु । म ५० गोल गर्ने मध्येको हैन । तर, म टिमका लागि अट्रयाकर र टिमलाई सहयोग गर्द छु ।’

ग्रिजम्यानले थपे, ‘मलाई यस्तो लाग्छ की अन्य खेलाडी निश्चित रुपमा मान्ने छैन्न् । तर, म अझै राम्रो हुन सक्छु ।’ उनी फिफाको द बेस्ट अवार्डमा आफ्नो नाम सार्वजनिक नहुँदा खुसी छैनन् । ‘यो फिफाले दिने पुरस्कार हो भन्दा लज्जाको विषय हो  भन्ने लाग्छ । कोहि पनि विश्वकप उपाधि विजेता यस सुचिमा छैनन् । हाम्रो विश्वकप यात्रा उत्कृष्ट थियो । जस्तै एमबाप्पे, भराने र कान्टे,’ उनले थपे, ‘ बेलोन डि’ओर योभन्दा धेरै प्रतिष्ठित उपाधि हो । तर, यसमा पनि विवाद छ । यो मेरो आफ्नो विचार हो । मलाई यस्तो लाग्छ ।’

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.