7 years ago
September 19, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीले उत्कृष्ट ह्याट्रिक प्रहार गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरणको पहिलो खेलमा पीएसभीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाले कप्तान लिओनेल मेसीको फ्रिकिक गोलसँगै खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा पीएसभीका डिफेन्डर भिएरगिभरले ओस्मान डेम्बेलेलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसीले गोल गरेका थिए । पेनाल्टी क्षेत्रबाहिर मैदानको मध्ये भागमा प्राप्त फ्रिकिकलाई मेसीले वालको माथिबाट प्रहार गर्दै टप कर्नरमा छिराएका थिए । गोलरक्षक जोएटले प्रयास गरेपनि बलसम्म पुग्न भने सकेका थिएनन् । यसै गोलको मदतले बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा लगातार आक्रमण गरेपनि बार्सिलोनाले अग्रता दोब्बर पार्न भने निकै मिहिनेत गर्नुपर्यो । ७४ औं मिनेटमा फ्रान्सेली युवा फरवार्ड डेम्बेलेले एकल प्रयासमा स्तरीय गोल गरे । उनले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रको ठिक बाहिर भागबाट शक्तिशाली प्रहार गर्दै गोलरक्षक जोएटलाई बिट गर्दै गोल गरेका थिए ।

लगत्तै ७७ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै खेलमा बार्सिलोनाको जित पक्का गरे । इभान राकीटिचले मिडफिल्डबाट डिफेन्स लाइनको माथिबाट उत्कृष्ट पास निकालेपछि मेसीले तीव्र गतिमा कुद्दै पहिलो प्रहारमै विपक्षी गोलरक्षकलाई बिट गरेका थिए । त्यसको दुई मिनेटपछि नै बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । डिफेन्डर स्यामुएल उम्टिटीले हर्भीङ लोजानोलाई रोक्ने प्रयासमा दोस्रो पहेंलो कार्ड खाएपछि बार्सिलोनाले एक खेलाडी कम खेलेको थियो ।
खेलको ८९ औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्ने क्रममा बार्सिलोनालाई ४-० को अग्रता दिलाए । मैदानको दायाँ भागबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । समकक्षी फरवार्ड लुइस सुआरेजले डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई मेसीले आफ्नो कमजोर दायाँ खुट्टाले प्रहार गर्दै गोलमा परिणत गरेका हुन् ।

मेसीको उत्कृष्ट प्रदर्शनमा प्रेरित बार्सिलोनाले यस जितसँगै समूहमा सुरुआती अग्रता कायम गरेको छ । समूहको अर्को खेलमा इन्टर मिलानले टोटेनहम हट्स्परलाई पराजित गर्यो । स्पर्सले खेलमा क्रिस्टियन एरिक्सनको गोलमा अग्रता लिएपनि इन्टरले अन्तिम समयमा पुनरागमन गर्यो । इन्टरका लागि कप्तान माउरो इकार्डी र माटिया भेचिनोले गोल गरे । दुवै विजयी टोलीको ३-३ अंक रहेपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा छ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]