default_image

7 years ago

September 19, 2018

मेसीले ह्याट्रिकसँगै रोनाल्डोलाई उछिने

119 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगमा पछिल्ला केहि सिजनयता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको एकल दबदबा रहँदै आएको छ । उनले प्रतियोगिताको उपाधि जित्ने मात्र नभएर सर्वाधिक गोलकर्तामा पनि लगातार सफलता हात पारेका छन् ।

मंगलबार यस सिजनको च्याम्पियन्स लिग अन्तर्गत पहिलो खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा लिओनेल मेसीले ह्याट्रिक प्रहार गरे । पहिलो हाफमा फ्रिकिकमार्फत गोल गरेका उनले दोस्रो हाफमा दुई उत्कृष्ट फिनिस गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । च्याम्पियन्स लिग इतिहासमा मेसीको यो आठौँ ह्याट्रिक पनि थियो । यस ह्याट्रिकसँगै मेसीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने सुचिमा रोनाल्डोलाई उछिनेका छन् ।

पोर्चुगिज स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा ७ पटक ह्याट्रिक गरेका छन् । मेसी र रोनाल्डो यस खेलअघि बराबर रहेपनि मेसीले तेस्रो पटक समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गर्दै उक्त रेकर्डमा आफ्नो नाम कायम गरे । रोनाल्डो र मेसीपछि तीन खेलाडीले ३-३ पटक ह्याट्रिक प्रहार गरेको तथ्यांक छ । तीन ह्याट्रिक प्रहार गर्नेमा मारियो गोमेज, लुइज आद्रियानो  र फिलिप्पो इन्जाघी रहेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोले बुधबार नै युभेन्ट्सका लागि डेब्यु गर्दैछन् । रोनाल्डोले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियल म्याड्रिडलाई उपाधि दिलाएका थिए । पछिल्लो ५ सिजनमध्य रोनाल्डोले ४ पटक उपाधि नै जितेका छन् । यसपटक पनि उनी टोलीलाई उपाधि दिलाउँदै गोल्डेन बुट हात पार्ने सुरमा हुनेछन् । त्यसका लागि रोनाल्डोसामु  ह्याट्रिक प्रहार गर्दै मेसीसँग कीर्तिमान नै बराबरी गर्ने अवसर पनि छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक:

लिओनेल मेसी – ८ ह्याट्रिक

क्रिस्टियानो रोनाल्डो – ७ ह्याट्रिक

मारियो गोमेज, फिलिप्पो इन्जाघी र लुइज आद्रियानो – ३ ह्याट्रिक

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.