default_image

7 years ago

September 19, 2018

च्याम्पियन्स लिगमा आज कुन-कुन टोली खेल्दै?

111 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार समूह चरणअन्तर्गत समूह ‘ई’ देखि ‘एच’ सम्मको पहिलो खेल हुँदैछ ।

समूह ‘ई’ मा आम्स्टरड्यामस्थित मैदानमा आयाक्सले एईके एथेन्सलाई निम्त्याउनेछ उक्त खेल नेपाली समयअनुसार १०:४० बजे हुनेछ । त्यसै समूहको अर्को खेलमा जर्मन टोली बायर्न म्युनिख पोर्चुगलको बेन्फिका एफसीको मैदानमा उत्रनेछ । खेल १२:४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा पनि १०:४० बजे एउटा खेल हुँदैछ । जर्मन क्लब होफेनहाइमले शाख्तर डोनेस्कको चुनौती स्वीकार्नेछ । समूहको अर्को खेलमा भने म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब लिओनसँग खेल्नेछ । खेल रातको १२:४५ बजेलाई तोकिएको छ ।

डिफेन्डीङ च्याम्पियन समेत रहेको रियल म्याड्रिडले समूह ‘जी’ को पहिलो खेलमा एएस रोमको सामना गर्नेछ  पछिल्लोपटक रोमा सेमिफाइनल प्रवेश गरेको थियो  समूहको अर्को खेलमा भिक्टोरिया प्लेजनले सीएसकेए मस्कोलाई निम्त्याउनेछ। समूह ‘एच’ मा युभेन्ट्सले भ्यालेन्सियासँग खेल्नेछ । म्यानचेस्टर युनाइटेड सुखद सुरुआत गर्ने लक्ष्यसहित स्विटजर्ल्यान्डको योङ ब्वाइजसँग खेल्नेछ । समूहको ‘जी’ र ‘एच’ को सम्पूर्ण खेल रातको १२:४५ बजे हुनेछ ।

खेल हुने नेपाली समय :

शाख्तर डोनेस्क विरुद्ध होफेनहाइम – रातको १०:४० बजे

आयाक्स विरुद्ध एइके एथेन्स – रातको १०:४० बजे

बेन्फिका विरुद्ध बायर्न म्युनिख- रातको १२:४५ बजे

म्यानचेस्टर सिटी विरुद्ध लिओन – रातको १२:४५ बजे

रियल म्याड्रिड विरुद्ध रोमा – रातको १२:४५ बजे

भोक्टोरिया प्लेजन विरुद्ध सीएसकेए मसो – रातको १२:४५ बजे

भ्यालेन्सिया विरुद्ध युभेन्ट्स – रातको १२:४५ बजे

योङ ब्वाइज विरुद्ध म्यानचेस्टर युनाइटेड – रातको १२:४५ बजे

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.