7 years ago
September 19, 2018
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरणअन्तर्गत पहिलो खेल समाप्त भएको छ । समूह ‘ए’ देखि ‘डी’ सम्मको खेलका नतिजा यसप्रकार छन् ।

समूह ‘ए’ मा बोरुसिया डर्टमुन्डले क्लब ब्रुजाको मैदानमा १-० को जित दर्ता गर्यो । क्रिस्टियन पुलिसिचले खेलको ८५ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त रहयो । एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु मैदानमा २-१ को जित रच्यो । स्यामुएल ग्रान्डसरको गोलमा मोनाकोले १८ औं मिनेटमा अग्रता लिएपनि डिएगो कोस्टा र जोसे हिमिनेजले गोल गर्दो खेल एटलेटिकोको पक्षमा पारे ।
समूह ‘बी’ मा टोटेनहम हट्स्पर इन्टर मिलानको मैदानमा २-१ ले पराजित भयो । कप्तान माउरो इकार्डी र माटियास भेचिनोले गोल गर्दै इन्टरलाई जित दिलाए । त्यसअघि स्पर्सले क्रिस्टियन एरिक्सनको गोलमा अग्रता लिएको थियो । बार्सिलोनाले डच क्लब पीएसभीलाई ४-० को फराकिलो अन्तरले हरायो । बार्साको जितमा लिओनेल मेसीले ह्याट्रिक हान्दा ओस्मान डेम्बेलेले १ गोल गरे ।

निकै प्रतिस्पर्धात्मक मानिएको समूह ‘सी’ मा लिभरपुलले विजयी सुरुआत पायो । घरेलु मैदान एनफिल्डमा लिभरपुल पीएसजीलाई ३-२ ले पराजित गर्न सफल रहयो । फ्रान्सेली च्याम्पियन पीएसजीले २-० ले पछाडी परेको स्थितिलाई बराबरीसम्म ल्याएको थियो । पहिलो हाफमा ड्यानीएल स्टरिज र जेम्स मिल्नरले घरेलु टोलीका लागि गोल गरे । दोस्रो हाफमा पीएसजीले थोमस मुनिएर र किलियन एमबाप्पेको गोलमा पुनरागमन गर्यो । तर वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले अतिरिक्त समयमा गोल गर्दै महत्त्वौर्ण जित दिलाए । समूहको अर्को खेलमा नेपोली र रेड स्टार बेलग्रेड दुवैले कुनै गोल गर्न सकेनन् ।
सबैभन्दा कमजोर मानिएको समूह ‘डी’ मा गालाटासरेले लोकोमोटिभ मस्कोलाई ३-० ले हराउँदै विजयी सुरुआत गर्यो । टर्किस टोलीको जितमा ग्यारी रोड्रीग्वेस, एरेन डर्डीयोक र सेल्चुक इनानले गोल गरे । अर्को खेलमा एफसी साल्का र एफसी पोर्टोले १-१ को बराबरी खेले । साल्काले ब्रील एम्बोलोको गोलमा अग्रता लिएपनि ओताभियोले खेल बराबरीमा ल्याएका थिए ।

खेल हुने नेपाली समय :
समूह बी : इन्टर मिलान २-१ टोटेनहम हट्स्पर, बार्सिलोना ४-० पीएसभी
समूह डी : गालाटासरे ३-० लोकोमोटिभ मस्को, साल्का १-१ एफसी पोर्टो
समूह सी : लिभरपुल ३-२ पेरिस सेन्ट जर्मेन, रेड स्टार बेलग्रेड ०-० नेपोली
समूह ए : क्लब ब्रुजा ०-१ बोरुसिया डर्टमुन्ड, मोनाको १-२ एटलेटिको म्याड्रिड

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]