default_image

7 years ago

September 19, 2018

फिलिपिन्ससँग नेपालको हार

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  राजधानीमा आजबाट शुरु भएको एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपालको यु–१६ टोली फिलिपिन्सको यु–१६ टिमसँग ४–० ले पराजित भएको हो ।

हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा बुधबार भएको खेलमा नेपालले कुनै पनि समय फिलिपिन्सको पोस्टमा आक्रमण बुन्न सकेन । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई तथा मिकाइला भिलासिन र सिमोन्स्ले समान १ गोल गरिन् ।

लगातार दवावमा खेलेको नेपालले फिलिपिन्सलाई पहिलो हाफमा २–० ले पछि परेको थियो । कप्तान मारयाले ४२ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि नेपषल पहिलो हाफमा २–० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि नेपालले दुई गोल खान पुग्यो । ७५औं मिनेटमा सिमोनसले गोल गर्दै खेललाई ३–० मो पु¥याएको थियो । ८५औं मिनेटमा भिलासिनले गोल गरेपछि नेपाल खेलमा ४–० ले पराजित हुन पुग्यो । बुधबारै भएको पहिला खेलमा म्यानमारले मलेसियामाथि ३–० को सहज जित निकाल्यो ।

तीनै गोल दोस्रो हाफमा भएको थियो । म्यानमारकी म्याट नोइ खिनले ह्याट्रिक पूरा गरिन् । नेपालले शुक्रबार म्यानमारसँग खेल्नेछ । सोही दिन फिलिपिन्स र मलेसियाले खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग सेप्टेम्बर २३ मा खेल्नेछ ।

सोही दिन फिलिपिन्स र म्यानमाबीच खेल हुनेछ । समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ । उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.