default_image

7 years ago

September 20, 2018

सलाहबारे कमैलाई थाहा भएका ६ तथ्य

137 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएका खेलाडी हुन् इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सलाह । गत सिजन रोमाबाट लिभरपुल पुगेका उनले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए ।

सन् २००९ बाट व्यावसायिक फुटबल यात्रा शुरु गरेका सलाहले २०१३/१४ र सन् २०१५ को दुई सिजन इंग्लिस प्रिमियर लिग खेले । पहिलो सिजन १० खेलमा सहभागिता जनाएका उनले दोस्रो सिजन तीन खेल खेल्दै लोनमा इटालियन सिरी–ए खेल्न फिओरेन्टिना पुगे । २०१५–१६ को सिजन उनी पुनः सिरी–ए कै अर्को क्लब एएस रोमा पुगे । रोमामा उनले ३४ खेल खेल्दै १४ गोल गरेका थिए । २०१६–१७ को सिजन रोमामा नै अनुबन्ध भएका सलाह गत सिजन लिभरपुल आएका हुन् ।

गत सिजन प्रिमियर लिगमा लिभरपुललाई च्याम्पियन्स लिगसम्म पुर्याउँदा सलाहले ३६ खेल खेल्दै ३२ गोल गरेका थिए । लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरेका सलाह प्रिमियर लिगको प्लेअर आफ द इयर समेत बने । सलहाका लुकेका छ तथ्य यस्ता छन् :

१. कठिन सुरुवात

मोहमद सलाह भन्ने बितिक्कै जति सजिलै अहिले हामी चिन्छौ त्यती सजिलो उनको कहानी छैन । युवा अवस्थामा उनले १० वटा अलग बसबाट दैनिक ८ घण्टा यात्रा तय गर्दथे । उक्त यात्रा उनले हप्तामा पाँच दिन गर्नु पर्दथ्यो । सलहाले चार वर्ष सम्म निरन्तर यस्तो कठिन यात्रा गर्दै फुटबल प्रशिक्षण नियमित लिएका थिए ।

२. इजिप्टका गहना

सन् २०१४ मा फुटबलका लागि सलाहको भविष्यमा प्रश्न आयो । उनलाई अन्य राष्ट्रमा रहेर फुटबल खेल्न विशेष अनुमति आवश्यक पारेको थियो । सामान्य नागरिकको नियम अनुसार उनले एक वर्ष भन्दा बढि समयका लागि सेनामा सेवा गर्नका इजिप्ट फर्कनु पर्ने थियो । अन्तराष्ट्रिय रिपोर्ट अनुसार एजिप्टका प्रधानमन्त्रीले उनलाई सेनाको सेवाबाट छुटकरा दिए । उनले आफ्नो फुटबल यात्रालाई सहज रुपमा अगाढि बढाउन सकुन र इजिप्टको नाम विश्वभर प्रचलित होस् भन्ने उनको चाहना थियो ।

३. समाजसेवी सलाह

एक राम्रा खेलाडी मात्र हैनन् । उनी एक समाजसेवी समेत हुन् । १५ मिलियन युरो पर्ने आफ्नो घर उनले सहरमा भएका गरिब तथा विपन्न वर्गकालाई बस्न दिएका छन् । उनले लाखौ पाउण्डको स्कुल समेत बनाएका छन् । स्थानिय अस्पतालमा एम्बुलेन्स प्रदान गर्ने उनले सहरका विभिन्न बालबालिकालाई नियमित सहयोग गर्दै आएका छन् ।

४. सलाह र चोर

एक दिन चोरले सलाहको घरमा चोरी गर्यो । त्यसबेला उनी मैदानमा खेलिरहेका थिए । केही दिन पछि पुलिसले अपराधी पक्राउ गरे । उनका बुबाले अपराधिविरुद्ध उजुरी पनि दायर गरे । तर, सलाहले आफ्ना बुबालाई उक्त उजुरी फिर्ता लिनका लागि आग्रह गरे । उनले चोरसँग भेटे र उनलाई सुधार गर्न उनका लागि काम समेत खोजिदिए ।

५.अनुशासित खेलाडी

सलाह एक अनुशासित खेलाडी हुन् । उनको नैतिक गुण मैदान बाहिर मात्र नभई मैदान भित्र पनि फैलिएको छ । गत सिजन प्रिमियर लिगमा उनले ३६ खेलमा मात्र १४ फाउल गरेका थिए र उनलाई एक पटक पनि रातो कार्ड पाएका थिएनन् । सामान्यतय उनले गरेको फाउल विपक्षी छिटो बल खोस्दा हुने गर्दछ ।

६. अभिनेताका प्रशंसक

सलाह इजिप्टका अभिनेता खालद एल नाबावेका ठुला प्रशंसक समेत हुन् । उनले किंडम अफ हेभन, मिसन इम्पोसिबल र फियर गेम जस्ता फिल्मा कयौं हलिउड स्टारसँग अभिनय गरेका छन् । सलाह लियोनार्दो डी काप्रियोको प्रशंसक पनि हुन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.