default_image

7 years ago

September 20, 2018

युभेन्ट्सविरुद्ध भ्यालेन्सिया : सुरुआती ११ र खेलको जानकारी

132 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत केहिबेरमै इटालियन लिग च्याम्पियन युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्दैछ । भ्यालेन्सियाको घरेलु मैदानमा हुने खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यु गर्दैछन् ।

घरेलु टोली भ्यालेन्सियालाई चोटको समस्याले सताएको छ । मिडफिल्डर जिओफ्री कोन्डोगबिया रियल बेटिसविरुद्ध चोट बोक्दै बाहिरिएका थिए भने फ्रान्सिस कोकेलिन र एजेकेल गराएको स्थिति पनि पूर्ण फिट छैनन् । यता युभेन्ट्सले पनि माटिया डे सिग्लियो र आन्द्रीए बार्जागलीलाई चोटका कारण खेलाउन सक्ने अवस्था छैन । डग्लस कोस्टा भने वैकल्पिक खेलाडीमा छन् । उनले लिग खेलमा सासुओलोविरुद्ध अभद्र व्यवहार देखाएपछि रातो कार्ड खाएका थिए ।

भ्यालेन्सियाले च्याम्पियन्स लिगको पछिल्लो ३ खेलमा कुनै गोल गर्न सकेको छैन । त्यसक्रममा क्लबले तीनै खेलमा पराजय भोगेको छ । युभेन्ट्सले च्याम्पियन्स लिगमा खेलेका पछिल्ला ४ खेलमा २ गोल भन्दा बढी भएका छन् । भ्यालेन्सियाले भने पछिल्ला ३ खेलमा हारेपनि २ गोलभन्दा बढी खाएको छैन । पछिल्लो लिग खेलमा भ्यालेन्सिया रियल बेटिससँग घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको थियो । उक्त खेलमा भ्यालेन्सियाले आक्रमक रणनीति अपनाएपनि गोल गर्न सकेको थिएन ।

यता इटालियन लिग फुटबलमा चौथो खेल खेल्ने क्रममा रोनाल्डोले गोलको खाता खोलेका थिए । उनले सासुओलोविरुद्ध २-१ को जितमा दुवै गोल गरेका थिए । त्यसअघिका तीन खेलमा भने रोनाल्डो गोलविहिन नै रहेका थिए । च्याम्पियन्स लिग अगाडी उनले गोल गर्नुले पनि हौसला मिल्ने बताएका छन् । उनलाई पाउलो डिबाला र मारियो मान्जुकीचले आक्रमणमा साथ दिनेछन् । विंगर डग्लस कोस्टाको अनुपस्थितिले उनको प्रदर्शनमा केहि असर भने पर्नेछ ।

सुरुआती ११ :

भ्यालेन्सिया :

नेटो

भेजो – ग्याब्रिएल पाउलिस्टा – मुरील्लो  – जोसे गाया

कार्लोस सोलर – ड्यानी परेहो – ड्यानीएल वास -गोंकालो गवेदेस

मिसी बासुआइ- रोड्रीगो मोरेनो

युभेन्ट्स:

वोजचिएक सेचेज्नी

जोआओ क्यान्चेलो – लिओनार्डो बोनुची – जिओर्जियो किएलिनी – एलेक्स सान्ड्रो

सामी खेडिरा – मिरालेम प्यानिच – ब्लेस माटुइडी

बर्नार्डेसकी – मारियो मान्जुकीच – क्रिस्टियानो रोनाल्डो

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.