7 years ago
September 20, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा स्तब्ध बनेको छ । सिटी फ्रेन्च लिग वान क्लब लियोनसँग २–१ ले स्तब्ध बनेको हो ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई स्तब्ध बनाउन म्याक्सवेल कर्नेट र नविल फकिरले गोल गर्दा बर्नार्डाे सिल्भाले एक गोल फर्काए । घरेलु मैदानमा सिटी पहिलो हाफमै २–० ले पछि परेको थियो ।
२६औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । म्याक्सवेलले फकिरको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा फकिरले गोल गर्दै लियोनलाई २–० को अग्रता दिलाएका थिए ।
खेलमा अधिकांश समय बलमा पकड जमाएपनि गोल गर्न भने ६७औं मिनेट कुर्नुपरेको थियो । लिरोए सानेको पासमा बर्नाडो सिल्भाले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल गर्न नसक्दा २–१ ले स्तब्ध बन्न पुग्यो ।
यो समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेक्स र जर्मन क्लब होफेनहेमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]