7 years ago
September 20, 2018
बर्न (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग फुटबलमा स्वीट्जरल्यान्डको योङ ब्वाइजलाई ३–० ले पराजित गरेको छ ।
युनाइटेडले योङ ब्वाइजलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । युनाइटेडको जितमा पल पोग्वाले २ तथा एन्थोनी मार्सियलले एक गोल गरे । योङ ब्वाइजको घरेलु मैदान स्टेड डि सुइसेमा बुधबार राति भएको खेलम युनाइटेडले खेलको ३५औं मिनेटमा पल पोग्वाको गोलबाट अग्रता बनाउन सफल भएको थियो ।
४४औं मिनेटमा पोग्वाले पेनाल्टमिार्फत गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को आरामदायी अग्रता लिन सफल भएको थियो । लुका सा को शत्तिशाली प्रहार रिवाउन्डमा फर्कदा एमबावुले ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
६६औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए । योङ ब्वाइजले पनि गोल गर्ने केही मौकाहरु खेर फाल्दा पराजित हुन पुग्यो ।
जितसँगै समुह ‘एच’ युनाइटेडले ३ अंक जोडेको छ । यो समूहमा युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गर्दै तीन अंक जोडेको छ । योङ ब्वाइज अंक विहीन छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]