default_image

7 years ago

September 21, 2018

म्यानमारसँग नेपालको फराकिलो हार

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ ।

 


हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । म्यानमारसँग निरिह देखिएको नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल पस्केको नेपालले एक गोल फर्काउन सफल हुदा एक गोल खान पुगेको थियो । नेपालकी निकिता थोकरले एक गोल फर्काइन् ।

शुक्रबारै भएको अर्काे खेलमा फिलिपिन्सले मलेसियालाई १–० ले पराजित गरेको छ । फिलिपिन्सलाई जित दिलाउन अलामोले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा अलामोले गोल गरेकी हुन् ।

लगातार दुई जितसँगै फिलिपिन्सले ६ अंक जोडेको छ । मलेसियाको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा फिलिपिन्सले नेपाललाई ४–० ले पराजित गरेको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन म्यानमार र फिलिपिन्सबीच समूह विजेताको टुङ्गो लगाउने खेल हुनेछ ।

समूहको शीर्ष दुई टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भैसकेका छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.