7 years ago
September 22, 2018
कार्डिफ (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटीले कार्डिफ सिटीलाई उसकै मैदानमा ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
कार्डिफमा भएको खेलमा सिटीलाई फराकिलो जित दिलाउन रियाद महारेजले दुई तथा सर्जियो अग्विरो, बर्नार्डाे सिल्भा र इकेए गुन्डोगानले समान एक गोल गरे ।
एकपक्षीय बनेको खेलमा सिटीले पहिलो गोल गर्न भने खेलको ३२औं मिनेट कुर्नुपरेको थियो ।
३२औं मिनेटमा बर्नार्डाे सिल्भाको पासमा अग्विरोले गोल गरेपछि सिटी १–० ले अघि बढेको थियो । त्यसको तीन मिनेटपछि नै सिल्भाले लिरोए सानेको पासमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा रहिम स्ट्रलिङको पासमा इकेए गुन्डोगानले गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सिटीको गोल गर्ने क्रम रोकिएन । दोस्रो हाफमा दृश्यमा रियाद महारेज आए । उनले ६७ र ८९औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए । कार्डिफले भने कुनै पनि समय सिटीको पोस्टमा आक्रमण बुन्न नसक्दा घरेलु मैदानमा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । सिटीको ६ खेलबाट १६ अंक पुगेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १८ अंक छ । एक खेल कम खेलेको चेल्सी १५ अंकसहित लिगको तेस्रो स्थानमा छ । सिटीसँग पराजित कार्डिफको २ अंकसहति १९औं स्थानमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]