7 years ago
September 23, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम विजयी भएको छ । टोटनहमले ब्राइटन एन्ड होभ अल्वियोनलाई २–१ ले पराजित गरेको हो ।
टोटनहमको जितमा ह्यारी केन र इरिक लमेलाले गोल गरे । पराजित टिमका एन्थोनी नकआर्टले सान्त्वना गोल फर्काए । ब्राइटनको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टोटनहमले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिन सफल भएको थियो ।
४०औं मिनेटमा किरियन ट्रिपरको फ्रिकिक प्रहार ब्राइटनका ग्लेन मुरेले डि–बक्समा ह्यान्ड गर्न पुगेपछि टोटनहमले पेनाल्टीको मौका पाएको थियो । जसमा ह्यारी केन चुकेनन् । पहिलो हाफमा १–० को अग्रता बनाएको टोटनहमले दोस्रो हाफमा थप एक गोल गर्न सफल हुँदा एक गोल खान पुगेको थियो ।
७६औं मिनेटमा ड्यानी रोजको पासमा इरिक लमेलालले गोल गरेपछि टोटनहम २–० ले अघि बढेको थियो । घरेलु टोलीका एन्थोनीले इन्जुरी समयमा गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यो खेलमा फर्कन निकै ढिला बनेको थियो । त्यसपछि थप गोल ननिस्कदा अन्ततः एन्थोनीको गोल सान्तवना गोल बन्यो ।
जितपछि टोटनहम ६ खेलबाट १२ अंक जोडेर लिगको पाँचौ स्थानमा रहेको छ । पराजित ब्राइटन ५ अंकसहित १३औं स्थानमा छ । शतप्रतिशत जित निकालेको लिभरपुल १८ अंक जोडेृर लिगको शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी १६ अंकसहित दोस्रो तथा १५ र १३ अंक जोडेर चेल्सी र वाट्फोर्ड क्रमश तेस्रो र चौथो स्थानमा रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]