7 years ago
September 23, 2018
म्युनिख (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । म्युनिखले एफसी साल्केलाई २–० ले पराजित गर्दै बुन्डेस लिगामा आफ्नो अपराजित यात्रालाई कायम राखेका हुन् ।
एफसी साल्केको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई जिताउन जेम्स रोड्रिग्वेज र रोवर्ट लेवान्डोस्कीले गोल गरे । म्युनिखले खेलको आठौं मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट खेलमा अग्रता लिएको थियो । जोसुवा किम्मिचको कर्नरमा प्राप्त बललाई जेम्सले हेडमार्फत गोलको दिशा दिएका थिए ।
खेलभर नै साल्केलाई दवावमा राखेको म्युनिखले दोस्रो गोलको लागि भने ६४औं मिनेट कुर्नुपरेको थियो । ६४औं मिनेटमा बायर्नले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २–० को अग्रता बनाएको थियो । जेम्सलाई डि–बक्समा लडाएपछि बायर्नले पेनाल्टीको मौका पाएको थियो । जसमा रोबर्ट लेवान्डोस्की चुकेनन् ।
त्यसपछि पनि म्युनिखले गोल गर्ने केही मौकाहरु खेर फालेको थियो । यता, साल्केले गोल गर्ने केही मौकाहरु खेर फाल्दा घरेलु मैदानमा पराजित हुन पुग्यो ।
जितपछि बायर्न ४ खेलबाट १२ अंकसहित लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको हर्था बर्लिनको १० अंक छ ।
बुन्डेस लिगा अन्र्तगत नै शनिबार राति भएको अर्काे खेलमा बोरुसिया डर्टमन्डले होफेनहेमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । डर्टमन्डले खेलमा पछि परेको स्थिति उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । होफेनहेमका जोइलिन्टनले गोल गर्दा क्रिस्यिन पुलिसिकले खेल सकिन ६ मिनेट बाँकी रहँदा बराबरी गोल फर्काएका थिए । बराबरीपछि डर्टमन्ड ८ अंकसहित तेस्रो तथा होफेनहेम ४ अंकसहित ११औं स्थानमा छ ।
जर्मन बुन्डेस लिगाका नजिताहरु
स्टुटगार्ट विरुद्ध फोर्टुना डुसेलडर्फ (०–०)
हर्था बर्लिन विरुद्ध बोरुसिया एमग्लाडवाच (४–२)
अग्सवर्ग विरुद्ध वेडर ब्रेमेन (२–३)
वल्सवर्ग विरुद्ध फेरवर्ग (१–३)
नमवर्ग विरुद्ध ह्यानोभर (२–०)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]