7 years ago
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्र्तगतको समूह ‘ईं’ को छनोटको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि शुरु हुनेछ ।

पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा म्यानमारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल समूहको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै छनोटमा सान्त्वना जितको खोजीमा हुनेछ । यता मलेसिया पनि छनोटमा जितविहिन रहेकाले पहिलो जितको खोजीमा हुनेछ । यो समूहबाट म्यानमार र फिलिपिन्स दोस्रो चरणा प्रवेश गरिसकेका छन् ।
आज नै समूह विजेताको छनोफानो लगाउन म्यानमार र फिलिपिन्सबीच दिउसो १२ः३० बजे खेल हुनेछ । म्यानमार बराबरीले पनि समूह विजेताको रुपमा अघि बढ्नेछ । हारले भने उपविजेताको रुपमा अघि बढ्नेछ । समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेका छन् । प्रत्यक समूहको शीर्ष टोली र दोस्रो स्थानको उत्कृष्ट दुई टोली दोस्रो चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]