7 years ago
September 23, 2018
टुरिन (एजेन्सी)–पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा खाएको रेड कार्डलेकुनै असर नपर्ने युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्रिले बताएका छन् ।

प्रशिक्षक एलेग्रीले रोनाल्डोको रेड कार्डपछि आलोचना भएपनि उनले आलोचकलाई सावित गर्न केहि गर्न नपर्ने बताएका हुन् । रोनाल्डोले च्याम्पियनस लिगको आफ्नो पहिलो खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दा रातो कार्ड खाएका थिए । उनले खेलको ३० मिनेटमा नै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ३३ बर्षीय रोनाल्डो मैदान बाहिरिए पनि १० खेलाडीमा समेटिएको युभेन्ट्सले भ्यालेनिसयाविरुद्ध २–० ले जित निकालेको थियो ।
रोनाल्डोले साइतबार राति फ्रोसिनोनसँग खेल्दै आफ्नो निराशालाई मेटाउने प्रयास गर्ने छन् । अलेग्रिले रोनाल्डोले आफ्नो करिअरदौरान विभिन्न घटनालाई बिर्संदै लगातार राम्रो प्रदर्शन गरेका कारण यस विषयले पनि कुनै असर नपारें बताए ।

‘रोनाल्डोले उक्त खेलको ३० मिनेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए, र आउने खेलमा पनि त्यसै गर्नेछन्, ’ अलेग्रिले भने, ‘रोनाल्डोमाथि सधै धेरै आशा हुन्छ । तर, के तपाईलाई लाग्छ की रोनाल्डोसँग अझै पनि आफुलाई सावित गर्न कुनै ठाउँ बाँकी छ ? मलाई लाग्छ की उनले अब खेल्नु र आनन्द लिन जरुरी छ । सधैझैं गोल गर्दै अगाडी बढ्नुछ । उनी आफ्नो फुटबल करियरमा सबै थोक सावित गरि सकेका छन् ।’
एलेग्रीले थपे, ‘उनी धेरै मिहिनेत गर्ने खेलाडी हुन् । आफूलाई सुधार्न धेरै लागि परेका छन् । त्यसैले मलाई लाग्छ की उनी महान खेलाडी हुन् । बुधबारको खेल अब अतित भइसकेको छ ।’ जुलाईमा रियल मडिडबाट युभेन्ट्स पुगेका रोनाल्डोले यस सिजन पाँच खेल खेल्दै मात्र दुई गोल गरेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]