7 years ago
September 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१६ महिला च्याम्पियनसिप अन्तर्गतको छनोटको समूह ‘ई’ को अन्तिम खेलमा नेपाल र मलेसियाले बराबरी खेल्दै छनोटमा पहिलो अंक जोडेको छ । नेपाल र मलेसियाले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल खेलमा पछि परेको स्थिति उल्ट्याउदै मलेसियालाई बराबरीमा रोक्न सफल भएको हो । नेपालकी कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले समान एक गोल गरन् । एक गोल उपहार पाएको थियो मलेसियाकी हेल्मा इम्लीले दुई तथा नरुल नबिला र विटी तामिङले समान एक गोल गरिन् ।
चार टोली रहेको प्रतियोगितामा नेपाल पुछारमा रह्यो । गोलअन्तरमा मलेसिया तेस्रो स्थानमा रह्यो । दुवै टोलीले अघिल्ला दुई खेलमा हार बेहोरेका थिए ।
यो समूह बाट म्यानमारले दोस्रो चरणमा स्थान बनायो । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५–१ ले पराजित गर्दै म्यानमार समूह विजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भए । फिलिपिन्सको पनि उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणको यात्रा तय गर्ने सम्भावना छ ।

दोस्रो चरणबाट छनोटबाट ४ हुने टोलीले थाइल्याण्डमा अर्को वर्ष हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्नेछ । थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपमा ८ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भैसकेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]