7 years ago
September 24, 2018
एजेन्सी – पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यस सिजन रियल म्याड्रिड छोड्दै युभेन्ट्समा अनुबन्ध भएसंगै बार्सिलोनाका स्टार लियोन मेसीसँगको लडाईं केहि हदसम्म कम हुने देखिएको छ ।

झन्डै एक दशक स्पेनिस लिगमा रोनाल्डो र मेसीले आफ्नो रियल र बार्सिलोनामा आमने-सामने हुँदै मैदानमा भिडे । उनीहरुले सधै व्यक्तिगत पुरस्कारसँगै क्लबको सफलताका लागि खेले । ब्यालोन डी’ओरकै उदाहरण लिने हो भने पनि यी दुइको वर्चस्व प्रष्ट हुन्छ । दुवै खेलाडीले पछिल्लो एक दशकमा ५-५ पटक सो उपाधि जितेका छन् । अन्य व्यक्तिगत उपाधिमा पनि यी दुईको नै दावेदारी रहने गरेको छ । यस वर्ष भने रोनाल्डो र मेसीको वर्चस्व रहँदै आएको व्यक्तिगत पुरस्कारमा अन्य खेलाडी पनि दावेदारीमा आएका छन् ।
रियल मड्रिडका लुका मोड्रीच एक उदाहरण हुन् । मोड्रिचले हालै मात्र रोनाल्डोलाई उछिन्दै यूईएफए सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । उनले रोनाल्डो र सलाहलाई पछि पार्दै उक्त पुरस्कार प्राप्त गरेका थिए । रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई फाइनल सम्म पुग्न महत्त्वपूर्ण भुमिका खेलेमा थिए । रोनाल्डोले उक्त अवार्ड समारोहमा उपस्थित जनाएनन् । रोनाल्डोले आफूले उपाधि नजित्ने भएपछि उक्त कार्यक्रममा सहभागि भएका थिएनन् ।

उक्त अवार्डको शीर्ष तीनमा लियोनल मेसीको नाम भने अटाएको थिएन । यस पटक फिफा अवार्डमा पनि मेसीको नाम शीर्ष तीनको सुचिमा छैन । तर पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेसी फिफा पुरस्कारमा सहभागि हुन तयार रहेको बताइएको छ । मेसीले यस अवार्डमा समारोहमा सहभागिता जनाउने निर्णयले रोनाल्डोलाई एक कठिन परिस्थितिमा ल्याएको छ ।
सुचिमा नपर्ने खेलाडी अवार्ड समारोहमा सहभागी हुनु तर शीर्ष तीनमा रहेको खेलाडी उपस्थित नहुँदा रोनाल्डो समस्यामा पर्ने छन् । मेसीले सहभागिता जनाउने निर्णयले रोनाल्डोलाई एक कठिन परिस्थितिमा छोडेको छ । फिफाको द बेस्ट अवार्ड पनि मोड्रिचले जित्ने आँकलन गरिएको छ । पछिल्लो पटक यूईएफए अवार्डमा सहभागी नभएका रोनाल्डो यसपटक पनि सहभागी नहुने बताएपनि अब उनले निर्णय बदल्न सम्भावना रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]