7 years ago
September 23, 2018
वेस्टह्याम (एजेन्सी) – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । प्रिमियर लिग अन्तर्गत आइतकार राति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो ।

लन्डन स्टेडियममा भएको खेलमा चेल्सीले खेलभर दवाव सिर्जना गरेपनि गोल गर्न असफल हुदा बराबरीमा रोकिन बाध्य बन्यो । चेल्सीले वेस्टह्यामको पोस्टमा १७ आक्रमण बुनेपनि गोल गर्न असफल भयो । चेल्सीका इडेन हजार्ड र ओलिभर जिरुले गोल गर्न सकेनन् । यससँगै चेल्सीको लिगमा अपराजित यात्रा कायम रहेपनि विजयी यात्रा छैटौ खेलमा आएर रोकिएको छ ।
बराबरी चेल्सी १६ अंकसहित लिगको तेस्रो स्थानमा यथावत छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १८ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १६ अंक छ । उसले चेल्सीलाई गोलअन्तरमा पछि पारेको हो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]