default_image

7 years ago

September 23, 2018

आर्सनलद्धारा एभर्टन पराजित

120 views

0 Bookmark

इमिरेट्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आर्सनलले घरेलु मैदानमा एभर्टनलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्सान्ड्रे लाकाजेट्टी र पिएरे इमरिक आवुमियाङले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि आर्सनलले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।

५६औं मिनेटमा आरोन राम्सीको पासमा लाकाजेट्टीले गोल गरेपछि आर्सनलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । त्यसको तीन मिनेट पछि नै राम्सीकै पासमा आवुमियाङले गोल गरेपछि आर्सनल खेलमा २–० ले अघि बढेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल २–० ले आर्सनलले आफ्नो पक्षमा पार्न सफल भयो ।
जितपछि आर्सनल ६ खेलबाट १२ अंक जोडेर लिगको छैटौ स्थानमा उक्लिएको छ । आर्सनलसँग पराजित एभर्टन ६ अंकसहित १२औं स्थानमा छ । १८ अंक जोडेको लिभरपुल लिगको शीर्ष स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.