default_image

7 years ago

September 23, 2018

फ्रेन्च लिग वानमा पिएसजी अपराजित

119 views

0 Bookmark

रेनिज (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् ।

लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले रेनिजलाई ३–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई छैटौ खेलसम्म लम्ब्याएका हुन् । रेनिजको घरेलु मैदानमा पीएसजीको जितमा एन्जल डि मारिया, थोमस म्युनिर र इरिक म्याक्सिम चुप्पोले गोल गरे । रेनिजले आत्मघाती गोल उपहार पाएका थियो ।

खेलको ११औं मिनेटमा पीएसजी एड्रियन राविओटको आत्मघाती गोलबाट पछि परेको थियो । तर, पीएसजीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउन सफल भयो । डि मारियाले ४५औं मिनेटमा बराबरी गोल फर्काउन सफलल भएका थिए । दोस्रो हाफमा खेलमा फर्किएको पीएसजीले थप दुई गोल गर्दै टिमको जित पक्का गरे ।

६१औं मिनेटमा नेयमारको पासमा थोमस म्युनिरले गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । ८३औं मिनेटमा इरिकले गोल गरेपछि पीएसजीले रेनिजमाथि ३–१ को सहज जित निकाल्न सफल भयो । जितपछि अपराजित रहेको पीएसजी ६ खेलबाट १८ अंक जोडेर लिगको शीर्ष स्थानमा यथावत रहेको छ । रेनिज ८ अंकसहित १०औं स्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.