7 years ago
September 24, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार १० खेलाडीमा सिमित क्याटलान क्लब बार्सिलोनाले जिरोनासँग २–२ बराबरी खेल्दै अंक बाँडन बाध्य भएको छ ।

एक समय खेलमा अग्रता लिएको बार्सिलोना पछि परेको अवस्था उल्ट्याएर बराबरी खेल्दै अंक खोस्न सफल भएका हो । बार्सिलोनालाई हारबाट जोगाउन डिफेन्डर जेरार्ड पिकेले गोल गरेका थिए जोगाए । घरेलु मैदान नोउ क्याम्पमा आइतबार राती बार्सिलोनाले १९औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर, ३५औं मिनेटमा बार्सिलोनाले नराम्रो झट्का बेहोर्यो ।
यसै सिजन क्लब भित्रिएका डिफेन्डर क्लेमेन्ट लेङलेटले जिरोनाका खेलाडीलाई अनावश्यक फल गरेपछि रेफ्री जेसस गिलले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसपछि बार्सिलोना केही दवावमा आएको थियो । फलस्वरुप जिरोनाले पहिलो हाफमै बराबरी गोल गर्न सफल भएको थियो । ४५औं मिनेटमा जिरोनाका क्रिस्टियन स्टुआनीले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको सुरुआतमै बार्सिलोना खेलमा पछाडी पर्यो । स्टुआनीले ५१औं मिनेटमा गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले पछि परेको थियो । डिफेन्डर जेरार्ड पिकेले ६३औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल म्याड्रिडसँगको अंक दुरी बढाउने मौका गुमायो । दुवै टोलीको समान १३ अंक रहेपनि बार्सिलोना गोलअन्तरको आधारमा ला लिगाको शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ गोल गर्दै ५ गोल खाएको छ भने रियलले १२ गोल गर्दै ३ गोल मात्र खाएको छ । बार्सिलोनालाई बराबरीमा रोकेको जिरोना ८ अंकसहित छैटौ स्थानमा छ । तेस्रो स्थानमा रहेको डेपोर्टिभो अलाभेसको ५ खेलमा १० अंक रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]