default_image

7 years ago

September 24, 2018

‘रोनाल्डो मानसिक रुपमा सबैभन्दा बलिया’ – एलेग्री

89 views

0 Bookmark

टुरीन (एजेन्सी) – युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो मानसिक रुपमा निकै बलिया रहेको प्रतिक्रिया दिएका छन् । आइतबार इटालियन लिगमा फ्रोसिनोनेलाई २-० ले पराजित गरेपछि एलेग्रीले यस्तो भनेका हुन् ।

गत साता च्याम्पियन्स लिगमा भ्यालेन्सियाविरुद्ध खेलको ३० मिनेटमा नै रेड कार्ड खाँदै बाहिरिएका रोनाल्डोले फ्रोसिनोनेविरुद्ध भने टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धाताम्क खेलको ८१ औं मिनेटमा उनले युभेका लागि गोलको खाता खोलेका थिए । भ्यालेन्सियाविरुद्ध डिफेन्डर मुरिलोलाई हात लगाएका कारण उनले कार्ड पाएका थिए । यद्यपि युभेका खेलाडीले भने रोनाल्डोको व्यवहार अभद्र नभएको र रेफ्रीले अनाहकमा कार्ड दिएको बताउँदै आएका छन् ।

च्याम्पियन्स लिगमा रेड कार्ड पाएपछि खेलेका रोनाल्डोले युभेन्ट्सको जितमा अहम भूमिका खेलेपछि एलेग्रिले खुसि हुँदै रोनाल्डोबारे प्रशंसा गरेका हुन् । ‘रोनाल्डोले गोल गर्ने धेरै अवसर पाए । अवसर त्यहि खेलाडीले पाउँछ जसले त्यहाँसम्म पुग्न मिहिनेत गरेका हुन्छन्,’ उनले भने , ‘उनले केहि अवसरको सदुपयोग गर्न सकेनन् । केहि अवस्थामा उनले रिबाउन्डको अवसर पनि सिर्जना गरिदिए । तर जसरी उनी खेलमा प्रस्तुत भए त्यो विशेष छ । छोटो समयमै उनले आफूलाई सम्हाले र आफ्नो शत प्रतिशत ध्यान खेलमा दिन सफल भए ।’

एलेग्रीले थपे, ‘ उनले जसरी खेलमा युभेलाई अग्रता दिलाए, त्यो कमै हुने गर्छ । मानसिक रुपमा उनी दबाबमा थिए तर खेल दौरान उनले त्यो देखाएनन । यसले पनि उनी मानसिक रुपमा बलिया छन् भन्ने पुष्टि हुन्छ ।’ रोनाल्डोले सिरी ‘ए’ को सुरुआती ३ खेलमा गोल गर्न नसकेपनि पछिल्लो दुई खेलमा भने ३ गोल गरिसकेका छन् । उनको गोलसँगै युभेले शत प्रतिशत यात्रा कायम गर्दै लिगको श्रीष स्थानमा ३ अंकको अग्रता लिएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.