default_image

7 years ago

September 25, 2018

मेसी, रोनाल्डो र बेलको गोललाई पछार्दै सलाहलाई उत्कृष्ट गोलको उपाधि

99 views

0 Bookmark

एजेन्सी – लिभरपुलका विंगर तथा इजिप्ट राष्ट्रिय टोलीका मोहमद सलाहले फिफा पुस्कास अवार्डको उपाधि जितेका छन् । उनले झन्डै ३८ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेका हुन् ।

फिफा पुस्कस अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीले प्राप्त गर्ने प्रावधान छ । सलाहले उक्त गोल गत सिजन एभरटनविरुद्ध एफए कप खेलमा गरेका थिए । झन्डै ५ करोड मत आएकोमा सलाहले सर्वाधिक मत प्राप्त गरेका थिए ।

हालसम्म यो अवार्ड क्रिस्टियानो रोनाल्डो, नेयमार, हामेस रोड्रीग्वेज, ज्लाटन इब्राहिमोभिच, ओलिभिएर् जिरुड लगायतका खेलाडीले जितेका छन् । यसपटक पनि मनोनयनमा रोनाल्डोस्नागे लिओनेल मेसी र ग्यारेथ बेल रहेका थिए । तर सलाहले अत्यधिक मत प्राप्त गर्दै बाजी मारे ।

मनोनयनमा परेका गोलकर्ता र खेल :

ग्यारेथ बेल (रियल म्याड्रिड विरुद्ध लिभरपुल)

डेनिस चेरेसेभ (रुस विरुद्ध क्रोएसिया)

लाजरोस क्रिस्टोडोलोपोलस (एथेन्स विरुद्ध ओलाम्पियाकोस)

राइली मक्ग्री (न्युकासल जेट्स विरुद्ध मेलबर्न सिटि)

जिओर्जियन डे अरसकेता (क्रुजेरियो विरुद्ध अमेरिका मिनिएरो)

बेन्जामिन पभार्ड (फ्रान्स विरुद्ध अर्जेन्टिना)

लिओनेल मेसी (नाइजेरिया विरुद्ध अर्जेन्टिना)

रिकार्डो करेज्मा (इरान विरुद्ध पोर्चुगल)

क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध रियल म्याड्रिड)

मोहमद सलाह (लिभरपुल विरुद्ध एभरटन)

मनोनयनमा परेका सबै गोल :

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.