default_image

7 years ago

September 25, 2018

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट हुने

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कपमा सहभागिता जनाउन यसै साता बंगलादेश जाने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाटै सुरु हुने भएको छ ।

दुई साताअघि मात्र बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनलमा पराजित भएको नेपाली टोली फेरी बंगबन्धु कप खेल्न बंगलादेश जान लागेको हो । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यसअघि टोलीले एपीएफको घाँसे मैदानमा प्रशिक्षण गर्नेछ । साफमा घाँसे मैदानमा खेल्न नपाएका कारण राम्रो प्रदर्शन नभएको प्रशिक्षक बालगोपाल महर्जनको टिप्पणी थियो ।

यस प्रतियोगिताको लागि नेपाली टोलीमा २ परिवर्तन पनि गरिएको छ । विदेशी लिगमा खेलिरहेका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द यस खेलका लागि उपलब्ध रहने छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ तथा रोहितको स्थानमा तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपालले बंगबन्धु कपमा साविक विजेताको हैसियतमा खेल्न लागेको हो । पछिल्लो संस्करणमा बहराइनको युवा टोलीलाई हराउँदै नेपालले उपाधि जितेको थियो । उक्त प्रतियोगितामा नवयुग श्रेष्ठ चम्केका थिए । यसपटक लिग फुटबललाई स्थगित गरेर एन्फाले यस प्रतियोगितामा सहभागी हुने निर्णय गरेको हो ।

नेपाली राष्ट्रिय टोली

गोलकिपरः विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ

रक्षकः दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ, सुमन अर्याल

मिडफिल्डः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्डः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.