7 years ago
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गरेको छ ।

च्याम्पियन्स लिगको उपाधि तथा फिफा विश्वकपमा उपविजेता स्थान हांसिल गरेका लुका मोड्रिचले झन्डै ३० प्रतिशत मत प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधी जिते । विश्वकपका उत्कृष्ट खेलाडी पनि घोषित भएका उनले १० वर्षे लामो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट खेलाडिको उपाधिमा बाहुल्यता पनि तोड्न सफल भए ।
हरेक राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक र मिडियाकर्मीले शीर्ष ३ खेलाडी छनोट गरेका थिए । पहिलो स्थानमा रहेको खेलाडीले ५ अंक पाउने गर्छ भने दोस्रो स्थानको खेलाडीले ३ र तेस्रो स्थानको खेलाडीले १ अंक प्राप्त गर्दछ । यसै बीच नेपाली राष्ट्रिय टोलीका कप्तानका रुपमा विराज महर्जन र प्रशिक्षकका रुपमा ग्यातोकु कोजीले पनि आफ्नो मत खसाले ।

कप्तान महर्जनको पहिलो रोजाईमा पोर्चुगेली सुपरस्टार रोनाल्डो थिए भने म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनलाई उनले दोस्रो स्थानमा राखेका थिए । तेस्रो स्थानमा उनले फ्रान्सका एन्टोइन ग्रिजम्यानलाई भोट गरे । उत्कृष्ट खेलाडी चुनिएका मोड्रिच उनको शीर्ष ३ मै अटाएनन् ।
त्यस्तै प्रशिक्षक कोजीको शीर्ष ३ मा पनि मोड्रिचले स्थान बनाउन सकेनन् । कोजिको पहिलो स्थान चेल्सीका स्टार एडेन हाजार्डले प्राप्त गरे भने दोस्रो स्थान ग्रिजम्यानले । कोजिले आफ्नो तेस्रो स्थानमा रोनाल्डोलाई भोट गरेका थिए ।
नेपालबाट पत्रकारतर्फ द काठमाडौं पोस्टका खेलकुद प्रमुख रितेश रिजालले मत दिएका थिए । उनले शीर्ष स्थानमा विजेता लुका मोड्रिचलाई मत दिँदै दोस्रोमा रोनाल्डो र तेस्रो स्थानमा मेसीलाई मत दिए ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]