7 years ago
September 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन लगत्तै स्थगित हुने भएको छ । नेपाली राष्ट्रिय टोलीले बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकपमा भा लिने पक्का भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु भर ‘ए’ डिभिजन लिग स्थगित गर्ने निर्णय गरेको हो ।
क्लवसँगको समन्वयसँगै एन्फा पदाधिकारी र लिग कमिटीको सोमबारको बैठकले बंगबन्धु अवधिकर लिग स्थगित गर्ने निर्णय गरेको हो । राष्ट्रिय टोलीका खेलाडीहरु बंगबन्धुमा व्यस्त हुने भएकाले त्यस अवधिभरका लागि लिग स्थगित गर्ने निर्णय एन्फाले गरेको हो । असोज १३ गते लिग उदघाटन भएपछि १४ गते नेपाली टोली बंगलादेश प्रस्थान गर्नेछ ।
लिगको उद्घाटन खेलमा विभागिय त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । ‘ए’ डिभिजनका १४ क्लबमध्ये ६ क्लबमा राष्ट्रिय खेलाडी रहेका छन् । लक्ष्मी मनाङ मस्र्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै ५ खेलाडी अनुबन्ध गरेको छ । त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबमा समान ४ राष्ट्रिय खेलाडी छन् ।
नेपाल पुलिस क्लब र च्यासल युथ क्लबमा समान २ राष्ट्रिय खेलाडी रहेका छन् । एपिएफ क्लबका १ खेलाडी राष्ट्रिय टोलीमा छन् । बंगबन्धुका लागि राष्ट्रिय टोलीको प्रशिक्षण आजबाट सुरु हुने भएको छ । दुई वर्ष अघिको बंगबन्धु गोल्डकप च्याम्पियन नेपालले यो संस्करणमा अन्तिम समयमा आएर सहभागिता निश्चित गरेको हो ।
च्याम्पियन बन्दा पाउनुपर्ने पुरै रकम ५० हजार डलरमध्ये २५ हजार डलरमात्रै पाएपछि नेपालले बंगबन्धु गोल्डकप नखेल्ने अल्टिमेटम दिदा बंगलादेश फुटबल फेडेरेसनले अपुग रकम पुरा गरेसँगै नेपालले बंगबन्धु खेल्ने भएको थियो । प्रतियोगिता असोज १५ देखि २६ गतेसम्म बंगलादेशमा हुनेछ । बंगबन्धु गोल्डकपमा नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]