7 years ago
September 25, 2018
काठमाडौं(हाम्रो खेलकुद)-भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता गरेको छ । आगरामा मंगलबार भएको खेलमा नेपालले चीनलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यसअघि नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।
नेपालको जितमा टिका गुरुङले दुई तथा कप्तान दिनेश हेन्जनले एक गोल गरे । खेलको सातौं मिनेटमा टिका गुरुङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, नेपालले ३२औं मिनेटमा बराबरी गोल खान पुगेको थियो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा उच्च प्रदर्शन गरेको थियो । फलस्वरुप नेपालले ७०औं मिनेटमा गोल गर्न फल भएको थियो । कप्तान दिनेश हेन्जनले डि–बक्स बाहिर प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेपछि नेपालले खेलमा २–१ का अग्रता बनाएको थियो ।
त्यसको चार मिनेटपछि जय गुरुङको पासलाई सदुपयोग गर्दै टिकाले व्यत्तिगत दोस्रो गोल गरेपछि नेपाल ३–१ ले अघि बढेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल ३–१ ले विजयी हुन सफल भयो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ । यो खेलमा जित हात पारे नेपालले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]