7 years ago
September 26, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– लियोन मेसी अझै अर्जेन्टिनी फुटबल टोलीमा नफर्कने भएका छन् । अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कोलानीले मेस्सीले अर्को महिना खेलिने मैत्रीपूर्ण खेलमा भाग नलिने बताएका छन् । यो निर्णयसँगै मेस्सीको राष्ट्रिय टोलीको भविष्यमा थप शंका उब्जेको छ ।
यहि महिनाको सुरुवातमा ग्वाटेमाला र कोलम्बियाबीच भएको मैत्रीपूर्ण खेलमा ३१ वर्षे मेस्सी टोलीमा थिएनन् । त्यस्तै अक्टुबरको सुरुवातमा हुने मैत्रीपूर्ण खेलमा पनि उनको सहभागिता रहने छैन । स्कोलानीले मेस्सी यहि समय टोलीमा फर्किए उपयुक्त हुने बताएका छन् । ‘मैले उनीसँग कुरा गरे । उनी आउने छैनन् । त्यसैले उनी टोलीमा छैननु,’ उनले भने, ‘उनले आउने दिनमा राष्ट्रिय टोलीको जर्सी लगाएर आफ्नो क्षमता प्रदर्शन गर्नेछन् , त्यो हाम्रो लागि महत्वपूर्ण पक्ष हो ।’
रसिया विश्व कपमा अर्जेन्टिनाले कमजोर प्रदर्शन गरेयता मेस्सीले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । फ्रान्ससँग अन्तिम १६ मा पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले १ सय २८ खेलमा ६५ गोल गरेका छन् । उनी अर्जेन्टिना टोलीमा फर्कन्छन् फर्कन्नन् भन्ने सबैको चासोको विषय बनेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]