7 years ago
September 26, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाट बाहिरिएको छ । इएफएल कप अन्तर्गत मंगलबार राति च्याम्पियनसिप कप टोली डर्वी काउन्टीसँग सडनडेथमा ८–७ ले पराजित हुदै तेस्रो चरणबार्ट बाहिरिएको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो । युनाटेडका हुवान माटा र मराउने फेलियानील गोल गरेका थिए । डर्वीका ह्यारी विल्सन र ज्याक मारिओटले गोल गरेका थिए । घरेलु मैदानमा युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । माटाले तेस्रो मिनेटमा गोल गर्न सफल भएका थिए । पहिलो हाफसम्म १–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा सोचे अनुरुपको खेल पस्कन सकेन ।
दोस्रो हाफको ५९औं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । ६७औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । गोलरक्षक सर्जियो रोमेरोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड संकटमा परेको थियो । फलस्वरुप ८६औं मिनेटमा ज्याक मोरिओटले गोल गरेपछि डर्वी खेलमा २–१ ले अघि बढेको थियो । तर, ९०औं मिनेटमा फेलियानीले गोल गरेपछि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । निर्णायक पेनाल्टीमा जोन स्टोन चुकेपछि युनाइटेडले खेल ८–७ ले गुमाउन पुग्यो ।
इएफएल कपका अन्य खेलका नतिजाहरु
एएफसी बर्नमाउथ विरुद्ध ब्यालबर्न रोभर्स (३–२)
ब्ल्याकपुल विरुद्ध क्वीन्स पार्क रेन्जर्स (२–०)
बर्टन अल्वियोन विरुद्ध बर्नली (२–१)
मिलवाल विरुद्ध फुलहम (१–३)
प्रेस्टन नर्थ इन्ड विरुद्ध मिडल्र्सवर्ग (२–२) (३–४) पेनाल्टी
वल्भरह्याम्पटनविरुद्ध लेस्टर सिटी (०–०) (१–३) पेनाल्टी
वाइकम्वे वन्डरर्स विरुद्ध नर्विच सिटी (३–४)
वेस्ट ब्रुमविच अल्वियोन विरुद्ध क्रिस्टल प्यालेस (०–३)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]