default_image

7 years ago

September 26, 2018

एटलेटिको म्याड्रिडको सहज जित

120 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस लिग अन्तर्गत मंगलबार राती एटलेटिको म्याड्रिडले घरेलु मैदानमा हुएस्कालाई ३-० ले पराजित गरेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

लिगमा केहि कमजोर सुरुआत गरेको एटलेटिकोले मंगलबार भने उत्कृष्ट सुरुआत पायो । यसै साता हुने डर्बीका लागि प्रशिक्षक डिएगो सिमिओनीले साउल निगुएज, रोड्रीगो र जानफ्रानलाई विश्राम दिएपनि त्यसले असर भने परेन । पूर्ण दबाब बनाएको पहिलो हाफमा डिफेन्डर जोसे जिमिनेज चोट लाग्दै मैदान छाड्नु भने दुखद रहयो ।

एटलेटिकोका लागि एन्टोइन ग्रिज्मनले १६ औं मिनेटमा सहजै गोल गर्दै खाता खोलेका थिए । त्यसको १५ मिनेटमा थोमस पार्टेले लामो दुरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो । ३५ औं मिनेटमा हुएस्काका गोलरक्षक एक्सल वेर्नर र एटलेटिको फरवार्ड एन्जल कोर्रिया दुवैले कोकेको पास लिन अगाडी बढ्दा चुकेपछि उक्त पास नै गोलमा परिणत भएको थियो ।

यस जितसँगै एटलेटिको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष दुई स्थानमा महारथी रियल म्याड्रिड र बार्सिलोना नै कायम छन् । दुवै टोलीले अहिलेसम्म कुनै खेलमा पराजय भोगेका छैनन् । हारसँगै हुएस्का भने जितविहिन अहंदै १८ औं स्थानमा झरेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.