7 years ago
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भुटानमा आयोजना हुने यू १८ महिला साफ च्याम्पियनसिपमा चुनौति पेश गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटान जाने लागेको टोलीलाई बुधबार विदाई गरेको छ ।
शुक्रबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपाल आयोजक भुटानसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । नेपाल समूह बीमा पाकिस्तान र बंगलादेशसँग रहेको छ । शुक्रबार पाकिस्तानसँग खेल्दै नेपाली टोलीले साफको यात्रा सुरु गर्नेछ ।
नेपालले बंगलादेशसँग अक्टुबर २ मा प्रतिस्पर्धा गर्नेछ । अर्को समूअमा भुटान, माल्दिभ्स र भारत छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली अन्तिम चारमा पुग्नेछन् ।
एन्फाको कार्यवहाक अध्यक्ष वीरबहादुर खड्का, सांसद निरु पाल, उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, महिला कमिटिका अध्यक्ष वृन्दा देवान, ओलम्पियन संगीना बैद्य लगायतले विदाई गरे । नेपाली टोली बुधबार नै भुटान जानेछ ।
नेपाली यू १८ टोली
गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई
रक्षक : पुजा रानामरगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान
मिडफिल्ड : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती
फरवार्ड : सम्झना शर्मा, एलिसा जाम्बा, रश्मी कुमारी घिसिङ, रेखा पौडेल
प्रशिक्षक : हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक : प्रकाश बैद्य
गोलकिपर प्रशिक्षक : अष्मिता खवास
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]