7 years ago
September 26, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस फुटबल लिग (इएफएल) कप (कारबाओ) कपमा आज राति प्रिमियर लिगका दुई चिर परिचित प्रतिद्धन्द्धी लिभरपुल र चेल्सीले खेल्दैछ । खेल नेपाली समयअनुसार बुधबार राति १२ः३० बजेपछि शुरु हुनेछ ।
खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुदैछ । यो सिजन दुवै टोलीले उच्च प्रदर्शन गरिरहेका कारण यि दुई बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
प्रिमियर लिगका शुरुवाती ६ खेलमा दुवै टोली अपराजित रहेको छ । प्रिमियर लिगमा लिभरपुल शत प्रतिशत जितसहित १८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहँदा अपराजित रहेको चेल्सी १६ अंकसहति तेस्रो स्थानमा छ ।
पछिल्ला २४ खेलमा यि दुई टोली हेड टु हेडमा पनि बराबरीमा रहेको छ १० खेल बराबरीमा सकिदा दुवै टोलीले समान ७ खेलमा जित हात पारेका छन् । लिभरपुलले यसअघिको ३ खेलमा चेल्सीलाई पराजित गरेको छैन ।
पछिल्लो भेटमा प्रिमियर लिग अन्तर्गत मे २०१८मा भएको खेलमा चेल्सीले घरेलु मैदानमा लिभरपुललाई १–० ले पराजित गरेको थियो । यस खेल लगत्तै यि दुई टोलीले शनिबार प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछ । खेल चेल्सीको घरेलु मैदानमा हुदैछ ।
कारबाओ कपमा आज रातिका अन्य खेलहरु
आर्सनल विरुद्ध ब्रेन्टफोर्ड (राति १२ः३० बजे)
नथिङघम फरेस्ट विरुद्ध स्टोक सिटी (राति १२ः३० बजे)
वेस्टह्याम युनाइटेड विरुद्ध म्याकल्सफिल्ड टाउन (राति १२ः३० बजे)
टोटनह्याम विरुद्ध वाटफोर्ड (राति १२ः४५ बजे)
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]