default_image

7 years ago

September 26, 2018

उपाधिका लागि खेल्नेछौंः प्रशिक्षक श्रेष्ठ

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यू–१८ नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले साफमा मुख्य लक्ष्य उपाधि नै रहेको बताएका छन् । यू–१८ महिला साफ च्याम्पियनसिपका लागि नोपली टोली बुधबार भुटान प्रस्थान गर्नुअघि प्रशक्षिक श्रेष्ठले तयारी राम्रो रहेकाले लक्ष्य उपाधि जित्नु नै रहेको बताएका हुन् ।

‘टिमको तयारी राम्रो रहेको छ । आक्रमक रुपमा टोली बलियो बनेको छ । राष्ट्रिय टोलीका खेलाडीहरु पनि समावेश रहेकाले टिमको मनोबल उच्च बनेको छ । यसले पनि टिमलाई सहयोग पुग्दछ ’ प्रशिक्षकश्रेष्ठले भने, ‘बंगलादेश केही बलियो टोलीको रुपमा देखिएको छ । तर, हामी जित अनि उपाधिकै लागि खेल्नेछौं । लामो तयारीले पनि खेलाडी पनि आत्मविश्वासी देखिएका छन् । टिमले उपाधि जित्न सक्नेमा म आशावादी छु ।’

बंगलादेशलाई पराजित गर्ने योजना बुनेका छौंः कप्तान सरु

नेपाली यू–१८ महिला राष्ट्रिय टिमका कप्तान सरु लिम्बुले साफमा पाकिीस्तान भन्दा पनि बंगलादेशलाई पराजित गर्ने योजना रहेको बताएकी छन् ।

बुधबार यू–१८ महिला साफ च्याम्पियसिपका लागि भुटान प्रस्थान गर्नुअघि कप्तान सरुले बलियो प्रतिद्धन्द्धी बंगलादेशलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाउने योजना रहेको बताएकी हुन् ।

‘हाम्रो लागि अहिले पाकिस्तानभन्दा पनि बंगलादेश बलियो प्रतिद्धन्द्धी हो । बंगलादेशले पछिल्लो समयमा महिला फुटबलमा प्रगति गर्दै आएको छ । हामीले अन्तिम राउन्डमा मात्रै बंगलादेशसँग खेल्ने तालिका छ । हामी बंगलादेशमाथि स्तब्धपूर्ण नतिजा निकालेर दोस्रो चरण पुग्ने योजनामा हुनेछौं ’ कप्तान सरुले भनिन्, ‘टिमले त्यही अनुसार तयारी गरिरहेको छ । खेलाडीहरुले प्रशिक्षणमा निक्कै मिहेनत गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु पनि टिममा रहेकाले पनि टिमको मनोवल उच्च रहेको छ । सिनियर खेलाडीको अनुभवले पनि टिममा परिवर्तन ल्याउन सक्दछ ।’

भुटानमा हुने यू–१८ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले समूह ‘बी’ पाकिस्तान र बंगलादेशसँग खेल्नेछ ।

शुक्रबार पाकिस्तानसँग खेल्दै नेपाली टोलीले साफको यात्रा सुरु गर्नेछ । नेपालले बंगलादेशसँग अक्टुबर २ मा प्रतिस्पर्धा गर्नेछ । अर्को समूअमा भुटान, माल्दिभ्स र भारत छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली अन्तिम चारमा पुग्नेछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.