default_image

6 years ago

September 26, 2018

अफगानिस्तानमाथि नेपालको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ ।   आग्रामा बुधबार भएको खेलमा नेपालले आफगानिस्तानमाथि १३–१ को फराकिलो जित निकालेको हो । प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले चीनलाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको दुई खेलमा नेपाल थाइल्याण्डसँग २–० […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ ।

 

आग्रामा बुधबार भएको खेलमा नेपालले आफगानिस्तानमाथि १३–१ को फराकिलो जित निकालेको हो । प्रतियोगितामा यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले चीनलाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको दुई खेलमा नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

नेपालको फराकिलो जितमा कप्तान दिनेश हेन्जनले चार गोलसहित ह्याट्रिक पूरा गर्दा बुद्ध बल तामाङले ह्याट्रिक पूरा गरे । यस्तै रितिक खड्काले २, नितिन थापा, जय गुरुङ, असिम गुरुङ र अनिल महर्जनले समान १ गोल गरे ।

नेपालले बिहिबार पाँचौ स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.