7 years ago
September 27, 2018
सेभिल (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रातीको खेलमा रियल म्याड्रिडले शीर्ष स्थानमा एकल अग्रता बनाउने मौका गुमाएको छ । सेभिल्लाको घरेलु मैदानमा रियल म्याड्रिड ३-० ले पराजित हुन पुग्यो ।

खेलको ३९ औं मिनेटमा नै रियल ३-० ले पछाडी परेको थियो । १७ औं मिनेटमा पोर्चुगलका फरवार्ड आन्द्रे सिल्भाले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । उनले जेसस नाभासको क्रसमा गोल गरेका थिए । त्यसको ४ मिनेट नबित्दै सिल्भाले अग्रता दोब्बर पारे । नाभासकै प्रहार रिबाउन्ड आएपछि उनले त्यसमा गोल गरेका थिए ।
पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा फर्ममा रहेका फरवार्ड विसाम बेन येडरले उत्कृष्ट भली गोल गर्दै ३-० को अग्रता दिलाए । येडरले पछिल्लो ३ खेलमा ६ गोल गरिसकेका छन् । निकै कमजोर देखिएको रियल म्याड्रिडले यसै सिजन भित्रिएका प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा पहिलो लिग हार बेहोरेको हो ।

रियलले सेभिल्लाको तुलनामा पोस्ट आक्रमण धेरै गरेपनि ति आक्रमण स्तरीय भने रहेनन् । अग्रपंक्तिमा ग्यारेथ बेलले केहि आशालाग्दो प्रदर्शन गरेपनि अन्य खेलाडीले भने त्यसलाई सहयोग पुर्याउन सकेनन् । बेल आफैंले पनि केहि मौकाको सदुपयोग गर्न चुकेका थिए । पछिल्लो खेलमा विश्राम पाएका बेलले वन भर्सेस वनमा पनि गोल गर्न असफल रहेका थिए ।
सोमबार भएको फिफाको द बेस्ट अवार्डमा उत्कृष्ट खेलाडी घोषित मिडफिल्डर लुका मोड्रीचको एउटा गोल पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले अयोग्य घोषित गरेको थियो । रिप्लेमा उनी अफसाइड रहेको देखाएको थियो । त्यसको केहि समयमै मोड्रीचले रेफ्रीसँग बाझेको आरोपमा पहेंलो कार्ड पनि पाए । रियलले दुवै हाफमा बल पोसेसन धेरै राखेपनि आक्रमणमा भने निकै फितलो प्रदर्शन गरेको थियो ।

यस हारसँगै स्टार खेलाडीले भरिएको रियलले शीर्ष स्थानमा जाने मौका गुमायो । रियलले गरेको २१ प्रहारमध्ये ३ प्रहार मात्र पोस्टको दिशामा थियो । यता सेभिल्लाले १६ प्रहार मध्ये ७ प्रहार पोस्टमा हानेको थियो । खेलको अन्तिम समयतिर डिफेन्डर मार्सेलो पनि घाइते हुँदै निक्लिनु रियलको लागि खराब रहयो । यसले साताको अन्त्यमा हुने म्याड्रिड डर्बीमा उनको सहभागिता शंकाको घेरामा रहेको छ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]