7 years ago
September 27, 2018
बार्सिलोना (एजेन्सी)- स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि लिगको पुछारमा रहेको लेगानेससँग २-१ को हार बेहोरेको छ । केहि कमजोर टोली उतार्ने प्रशिक्षक एर्नेस्टो भालभेर्डेको निर्णय पराजयसँगै गलत सावित हुन पुग्यो ।

लिगको साविक विजेता बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा १२ औं मिनेटमा अग्रता लिएको थियो । ब्राजिलियन मिडफिल्डरले उत्कृष्ट भली प्रहार गर्दै अग्रता दिलाएका थिए । खेल दौरान कप्तान लिओनेल मेसीको प्रहार पनि क्रसबारमा लाग्दै फर्कनु बार्साको लागि दुर्भाग्य रहयो । खेलमा डिफेन्डर जोर्डी अल्बा र फरवार्ड लुइस सुआरेजलाई विश्राम दिईएको थियो ।
खेलमा पकड जमाईरहेको बार्सिलोनाले दोस्रो हाफमा केहि समय लय गुमाउँदा महँगो मूल्य चुकाउनु पर्यो । नबिल एल झारले ५२ औं मिनेटमा क्रस बलको सदुपयोग गर्दै हेडरमार्फत खेल बराबरीमा ल्याए । त्यसको ६८ सेकेन्ड नबित्दै ओस्कार रोड्रीग्वेजले लेगानेसलाई अग्रता दिलाए । ओस्कार रियल म्याड्रिडबाट लोनमा लेगानेस आएका हुन् ।

त्यसपछि बार्सिलोनाले आफ्नो आक्रमण झनै तीव्र पारेको थियो । खेलको अन्तिम समयमा लेगानेसका गोलरक्षक इभान क्वेलारले कोउटिन्हो र इभान राकीटिचको उत्कृष्ट प्रहार बचेका थिए । सर्जी रोबर्टोले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर गुमाउँदा बार्सिलोनाले हार टार्न सकेन । यो लेगनेसको बार्सिलोनाविरुद्ध शीर्ष श्रेणीमा पहिलो जित पनि हो ।
हारका बाबजुद बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा कायम छ । लिगको अर्को खेलमा रियल म्याड्रिड सेभिल्लासँग ३-० ले पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा कायम रहेको हो । पछिल्लो २३ दिनमा ७ खेल खेलेको बार्सिलोनाका लागि प्रशिक्षक एर्नेस्टोले केहि खेलाडीलाई परिवर्तन गर्दै छुट्टै रणनीति अपनाएका थिए ।
जोर्डी अल्बाको स्थानमा भर्मालेन खेलाएर तीन डिफेन्स खेलाउनु र सुआरेजलाई बेन्चमा राखेर मुनिर एल हद्ददीलाई पहिलो रोजाइमा खेलाउनु सहि सावित भएन । मुनिरले अग्रपंक्तिमा आशा गरे अनुसार प्रदर्शन गर्न सकेनन् । भर्मालेनले पनि आक्रमणमा अल्बाजस्तो सहयोग पुर्याउन असमर्थ रहेका थिए । 
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]