7 years ago
September 27, 2018
एनफिल्ड (एजेन्सी) – लन्डन क्लब चेल्सी काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारबाओ कप अन्तर्गत बुधबार राति भएका खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई २–१ ले पराजित गर्दै चेल्सी चौथो चरणमा पुग्न सफल भएको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चेल्सीको खेलको अन्त्यतिर गोल गर्दै चौथो चरणमा पुग्न सफल भएको हो । चेल्सीका लागि इमर्सन र इडेन हाजार्डले गोल गरे । लिभरपुलका ड्यानियल स्टुरिजले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा कुनैपनि गोल सम्भव भएको थिएन । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ५९औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल खेलमा १–० ले अघि बढेको थियो । तर, लिभरपुल अन्तिम ११ मिनेट सम्हालिन सकेन ।
७९औं मिनेटमा इमर्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरी भएको थियो । हाजार्डको फ्रिकिकमा गोलरक्षक मिग्नोलेट र बार्कलेको आपासी तालमेल मिल्न नसक्दा इमर्सनले हेडमार्फत गोल गर्न सफल भएको थियो । तर, उक्त गोल भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायताबाट मान्यता पाएको थियो । इमर्सनलको यो चेल्सीका लागि पहिलो गोल हो ।
८६औं मिनेटमा निर्णायक गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]