7 years ago
September 27, 2018
इमिरेट्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब आर्सनल कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै कारबाओ कपको चौथो चरणमा पुग्न सफल भएको हो ।
आर्सनलको सहज जितमा ड्यानी वेलबेकले दुई तथा एलेक्जेन्डर लाकाजेटले गोल गरे । पराजित टिमका लागि एलन जजले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै आर्सनलले ड्यानियल वेल्बेकको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
३७औं मिनेटमा वेल्बेकले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । ५८औं मिनेटमा एलज जजले गोल गरेपछि ब्रेन्टफोर्डले खेलमा फर्कने संकेत दिएका थिए । तर, ९०औं मिनेटमा लाकाजेटले गोल गर्दै टिमलाई ३–१ को जित दिलाए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]