7 years ago
September 27, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती अंक तालिकाको शीर्ष दुई स्थान ओगटेका युरोपकै महारथी क्लबहरु रियल म्याड्रिड र बार्सिलोना पराजित भए । रियलले सेभिल्लाको मैदानमा हार्दा बार्सिलोना भने पुछारको लेगानेसको मैदानमा पराजित भयो ।

स्पेनिस लिगमा दुवै टोली एकै दिन हारेको दुर्लभ क्षण बुधबार भयो । गत सिजन बार्सिलोनाले लिगमा एक खेलमा मात्र पराजित भएको थियो । बुधबार भने लिगको छैटौं खेलमा नै बार्सिलोनाले हार बेहोर्यो । लेगानेसको मैदानमा अग्रता लिएपनि बार्सिलोना २-१ ले पराजित हुन पुग्यो । कोउटिन्होको गोलमा अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा लगातार दुई गोल खाँदै नतिजा सुम्पियो ।
यता रियल म्याड्रिडले पनि सेभिल्लासँग ३-० ले पराजित हुँदै लिगको पहिलो हार आत्मसात गर्यो । खराब प्रदर्शन गरेको टोलीले पहिलो हाफमा नै तीन गोल खायो । आन्द्रे सिल्भाले दुई तथा विसाम बेन येडरले एक गोल गरेपछि घरेलु टोली सेभिल्लाले जित दर्ता गरेको थियो । रियलले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि आक्रमण चुस्त नहुँदा पाएको अवसरको फाइदा उठाउन सकेन ।

दुवै टोली एकै दिन लिगमा पराजित भएको बिरलै हुने गर्दछ । पछिल्लो पटक सन् २०१५ को जनवरीमा रियल र बार्सिलोना हारेका थिए । त्यसबेला लुइस एन्रिकेको प्रशिक्षकत्वमा रहेको बार्सिलोनालाई रियल सोसीडाडले पराजित गरेको थियो । रियल म्याड्रिड भने भ्यालेन्सियासँग पराजित भएको थियो । हारका बाबजुद दुवै टोली अंक तालिकाको शीर्ष स्थानमा कायम नै छन् ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले ६ खेलमा १३ अंक जोडेको छ । बार्साले १७ गोल गर्दै ७ गोल खाएको छ । रियलले पनि ६ खेलमा १३ अंक नै जोडेको छ तर गोल अन्तरमा भने टोली पछाडी छ । रियलले १२ गोल गर्दै ६ गोल खाएको च । तेस्रो स्थानको एटलेटिको ६ खेलमा ११ अंक बोकेको छ भने ५ खेलमा १० अंक जोडेको डेपोर्टिभोसँग शीर्ष स्थानमा जाने मौका छ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]