default_image

7 years ago

September 27, 2018

‘ए’ डिभिजन लिगका लागि मनाङको टोली तयार, विराज कप्तान

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको चर्चित र सफल क्लब मध्येको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले शनिबार देखि शुरु हने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि टोलीको घोषणा गरेको छ ।

Set MMC copy

फाइनल तस्बिर

आरसिटीसँगै कीर्तिमानी ६ पटकको ए डिभिजन लिग च्याम्पियन मनाङले बुधबार २० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा २० मध्ये २ विदेशी खेलाडी छन् ।

टोलीका कप्तान समेत रहेका स्ट्राइकर अनिल गुरुङलाई टिममा राख्न नसकेपनि मनाङले घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका खेलाडी समावेश छन् । अनिल अर्को चर्चित क्लब रुस्लान थ्री स्टार क्लब गएपछि मनाङको कप्तानी विराजले सम्हाल्ने भएका छन् । विराज राष्ट्रिय फुटबल टोलीका पनि कप्तान हुन् ।

मनाङले यसै सिजन झापा–११ बाट उच्च प्रदर्शन गरिहेका पुजन उपरकोटी, एपीएफबाट अन्जन विष्ट, हेमन गुरुङलाई क्लबमा अनुबन्ध गरिसकेको छ । दीपक राईलाई पनि मनाङले क्लबमा फर्काउन सफल भएको छ । मनाङले १४ असोजमा ब्रिगेड ब्वाइजसँग खेल्ने तालिका रहेपनि नेपाली राष्ट्रिय टोलीले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने पछि खेल तालिका फेरबदल हुने भएको छ ।
मनाङ टोली
गोलरक्षकः विशाल श्रेष्ठ र अशोक बराल
रक्षक : विराज महर्जन (कप्तान), कमल श्रेष्ठ, विमल बस्नेत, सुरज विश्वकर्मा, प्रवेश दनुवार, कर्मा छेकी गुरुङ र मिलन गुरुङ
मिडफिल्ड : सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, डोना थापा, पुजन उपरकोटी र रामकृण्ण बस्नेत
फरवार्डः विमल राना, दिपक राई, ओलावले अफिज र एडिलाजा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.