default_image

7 years ago

September 27, 2018

एन्फा भन्छ –’लिगको तयारी पूरा’

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले बिहीबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलनमार्फत झन्डै पाँच वर्षपछि शुरु हुन लागेको लिगको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

लिगको उद्घाटन खेल शनिबार न्यु रोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा दिउसो ३ः०० बजेशुरु हुनेछ ।

लिगको उद्घाटन दौरान दक्षिण एसियाली रिजनल डेभलपमेन्ट अफिसर प्रिनस रफसको पनि उपस्थिति हने एन्फाले जनाएको छ । उद्घाटन अघि नै एन्फाले सामाजिक उत्तरदायित्वको बहन गर्दै प्रतियोगितामा ‘रेड कार्ड टु ड्रग्स’ भन्ने नारामा करिब ४५ मिनेट सांगित कार्यक्रम हुने बताइएको छ ।

लिग कमिटिका संयोजक विज्ञानराज शर्माले लिगलाई व्यवस्थित र फिक्सिङमुक्त बनाउन खेल हुने दुवै मैदानमा सिसिटीभी क्यामरा जडान गरिएको र यस विषयमा क्लबका खेलाडी तथा अफिसियलसँग एन्फा इन्टिग्रिटी अफिसरबाट निरन्तर छलफल भैरहने बताएका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनआरटी र आर्मी बीचको खेलपछि दोस्रो दिन संकटा क्लब र सरस्वती युवा क्लबबीच खेल हुने र त्यसपछि अर्को सुचना जारी नभएसम्म लिग स्थगित हुने बताए ।

‘नेपालले बंगबन्धु गोल्डकपमा प्रतिस्पर्धा गर्ने कारण लिग प्रभावित हुने भएको हो । हामी ६ अक्टोवरसम्म नेपालको खेललाई कुर्नेछौं । ६ तारिखपछि आउने निर्णय अनुसार क्लबलाई ७२ घन्टाभित्रै जानकारी गराउने हाम्रो योजना हुनेछ ’ महासचिव तुलाधरले भने, ‘दशै अघि पहिलो राउन्डको खेलहरु सकाउने हाम्रो योजना छ । त्यही अनुसार हामी अर्को खेल तालिका सार्वजनिक गर्नेछौं ।’

उनले यसपटक क्लबको तयारीलाई असर नपर्ने गरी नयाँ तरिकाबाट लिग शुरुवात गर्न लागेको बताए । ‘पहिले दिन दिनै लिग हुने गर्दथ्यो । यसपटक हामीले एक टिमलाई हप्तामा दुई पटक लिग खेलाउने प्रयास थालेका छौं,उनले भने ,’यसो हुन सकेन लिग, नकआउटर अन्य प्रतियोगिता पनि खेल्न पाउनेछ ।’

रेलिगेसन नहुने लिग पुस ३० गतेसम्म हुनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।

लिगमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा,मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम ९एनआरटी० ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् ।

लिगको विजेताले ५० लाख पाउने जानकारी दिएको हो । यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउने जनाएको छ ।

चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.