default_image

6 years ago

September 27, 2018

किरणको उच्च प्रदर्शनमा टिसी स्पोर्टसको जित

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको क्लबले माल्दिभ्सको प्रिमियर लिगमा लगातार उच्च प्रदर्शन गर्ने क्रममा बिहीबार पाँचौं जित दर्ता गरेको छ । किरणको टोली टिसी स्पोर्टस क्लबले लिगको निकटम प्रतिद्वन्द्वि न्यू राडियन्ट स्पोर्टस क्लबलाई १–० ले हराएको थियो ।

लगातार पाँच जितपछि टिसी १५ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको न्यु रेडियन्टको ५ खेलमा १० अंक छ । पटक पटक विपक्षीको गोल रोकेका किरणले टोलीलाई जिताउन महत्वपूर्ण योगदान गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच बने ।

पहिलो हाफको एक मिनेट बाँकी रहँदा इशान इब्राहिमले गोल गर्दै टिसी स्पोर्टसलाई अग्रता दिलाएका थिए । अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो खेलमै किरणको टोलीलाई सफलता मिलेको छ ।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा खेलेका किरण स्वदेश फर्केर केहि दिन अघि माल्दिभ्स पुगेका थिए । किरण सम्मिलित नेपाली टोली साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्प्यिनसिप जितेको थियो ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.