7 years ago
September 28, 2018
टुरीन (एजेन्सी) – पोर्चुगलका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा एक खेलका लागि प्रतिबन्धित हुने भएका छन् । गत साता युभेन्ट्सले भ्यालेन्सियाविरुद्ध २-० को जित दर्ता गर्दा रोनाल्डो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

उक्त खेलमा जेसन मुरिलोलाई ३० औं मिनेटमा हात लगाएको आरोपमा रेफ्रीले रातो कार्ड देखाएका थिए । रोनाल्डोले रातो कार्ड पाएपछि भावुक हुँदै रेफ्रीको निर्णयमा असहमति जनाउँदै झन्डै १ मिनेट लगाएर मैदान छाडेका थिए । जसकारण उनीमाथि यूईएफएले थप प्रतिबन्ध लगाउने सम्भावना पनि बढेको थियो । तर बिहीबार यूईएफएले जारी गरेको विज्ञप्तिमा उनले एक खेल मात्र गुमाउने उल्लेख गरिएको छ ।
३३ वर्षीय रोनाल्डोले दुई खेल गुमाएको भए समूह चरणको तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्न पाउने थिएनन् । अब उनले स्विस च्याम्पियन योङ ब्वाइजविरुद्ध खेल्ने छैनन् । युभेन्ट्स र युनाइटेडको खेल अक्टोबर २३ तारिखमा ओल्ड ट्राफर्डमा खेलिनेछ । रोनाल्डोले करिअरको उचो उडान त्यहि क्लबबाट लिएका थिए । पछिल्लो पटक रियल म्याड्रिडमा छँदा रियल र म्यानचेस्टर युनाइटेड आमनेसामने हुँदा उनले गोल गरेका थिए ।

रियालमा ९ वर्ष बिताएर युभेन्ट्स आएका रोनाल्डोले नयाँ क्लबका लागि तीन गोल गरिसकेका छन् ।सुरुआती तीन खेल गोलविहिन रहेपनि उनले त्यसपछि दुई खेलमा गोल गरेका हुन् । उनले च्याम्पियन्स लिगमा भने गोलको खाता खोल्न तेस्रो खेलको नै प्रतिक्षा गर्नुपर्ने भएको छ । रोनाल्डोको अनुपस्थितिमा युभेन्ट्सले फरवार्ड मारियो मान्जुकीचसँगै डग्लस कोस्टा, जान क्वाडराडो, फेडेरिको बर्नार्डेसकी लगायतको भर गर्नेछ ।
रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो प्रभुत्व नै खडा गरेका छन् । उनले पछिल्लो ५ सिजनमा ४ पटक उपाधि जित्नुका साथै सर्वाधिक गोलकर्ताको उपाधि पनि आफ्नै नाम गरेका छन् । घरेलु लिगमा वर्चस्व जमाएको युभेन्ट्सले रोनाल्डोलाई च्याम्पियन्स लिगलाई नै लक्षित गरेर अनुबन्ध गरेको थियो । तर उनले सुखद सुरुआत भने दिलाउन सकेनन् ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]