7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर मैदान फर्कने क्रममाा रहेका रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा परिक्षणका लागि शुक्रबार बैंकक प्रस्थान गरेका छन् । फागुन २७ गते धरानमा बुढासुब्बा गोल्डकपको फाइनलका दौरान दायाँ खुट्टा भाचिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् ।
फागुन २८ गते चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो । शल्यक्रियापश्चात अहिले पनि उनको खुट्टामा स्टिल छ । चोट भने पूर्ण रुपमा निकै भइसकेको विक्रमले जनाए । चोट पूर्ण रुपमा ठिक भइसकेका पनि अब खेल्नका लागि उनी तयार छन् । उनीले अभ्यास पनि सुरु गरिसकेका छन् । तर, अब उनी प्रतिस्पर्धात्मक फुटबलका लागि तयार भए नभएको परिक्षणका लागि थाइल्यान्ड गएका हुन् ।
क्लबका उपाध्यक्ष अतिशकृष्ण श्रेष्ठको पहलमा उनी बैंकक अस्पतालमा परिक्षणका लागि गएका हुन् । उनले बैंककमा फिफाले प्रमाणित गरेको बैंकक एकेडेमी अफ स्पोट्र्स एण्ड एक्सरसाइज मेडिसिनमा उपचार गराउने छन् । यो अस्पताल फिफाले आसियान क्षेत्रमा प्रमाणित गरेको पहिलो अस्पताल पनि हो । त्यो अस्पतालमा खेलाडीको चोटको विशेष शल्यक्रियाका साथै रिह्याबको कार्यक्रम पनि संचालन हुने गरेको छ ।
‘मेरो चोट ठिक भैसकेको छ । मैले अभ्यास पनि सुरु गरिसकेको छु,’ उनले भने, ‘तर अब प्रतिस्पर्धात्मक खेलमा फर्कनुअघि एक पटक म खुट्टाको परिक्षणका लागि बैंकक जान लागेको हु ।’ उनले बैंकक पुगेर सुरुआती केहि दिन परिक्षण गर्ने र खुट्टाको स्थिति हेरेर एक देखि दुई हप्ता त्यहीं रहेर रिह्याब गर्ने बताए ।
थाइल्यान्डबाट फर्केपछि विक्रमले लिग खेल्ने सम्भावना छ । उनकै कप्तानीमा क्लबले मोफसलका विभिन्न उपाधि जित्नुका साथै दुई वर्षअघि एएफसी कपको छनोट चरण पनि पार गरेको थियो । तर एन्फाको लापरवाहीका कारण क्लबले दोस्रो चरण भने खेल्न पाएको थिएन । विक्रमले एसियन कप छनोट दौरान राम्रो प्रदर्शन गरेका थिए । सन् २०१३ र २०१५ को साफ च्याम्पियनसिप खेलेका विक्रमले यस पटक बंगलादेशमा भएको साफ च्याम्पियनसिप गुमाएका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]