7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रेखा पौडेलले दोहोरो ह्याट्रिक पूरा गरेको खेलमा नेपालले आजबाट शुरु भएको साफ यू–१८ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि फराकिलो जितसहित विजयी शुरुवात गरेको छ ।
नेपालले पाकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो । चाम्लिङथाङ रंगशालामा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । कप्तान सरु लिम्बु, रश्मी कुमारी घिसिङ, एलिसा जिम्वा, मन्जली कुमारी योन्जन र मनिषा राउतले समान १ गोल गरिन् ।
एकपक्षीय खेलमा नेपालले खेलको पाँचौ मिनेटमा रेखा पौडेलको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यसपछि १७ र १९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । त्यसपछि रेखाले ३२ र ३८ औं मिनेटमा गोल गरेपछि आफ्नो गोल सङ्ख्या ५ पु¥याएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा कप्तान सरु लिम्बुले गोल गरेपछि नेपाले पहिलो हाफमा ६–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि नेपालले ६ गोल गर्न सफल भयो । ६७औं मिनेटमा रश्मी कुमारी घिसिङले गोल गरेपछि नेपालले खेलमा ७–० को अग्रता बनायो । त्यसपछि ७१औं मिनेटमा रेखाले गोल गर्दै खेलमा दोहोरो ह्याट्रिक पूरा गरिन् । उनले ७४औं मिनेटमा अर्काे गोल थप्न सफल भईन् ।
त्यसपछि एलिसा जिम्वाले ८२औं मिनेट, मन्जली कुमारी योन्जनले ९७औं र मनिषा राउतले इन्जुरी समयमा गोल गर्दै नेपाललाई १२–० को फराकिलो जित दिलाए ।
यसअघि शुक्रबारै भएको उद्घाटन खेलमा भारतले आयोजक भुटानमाथि ४–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको थियो ।
नेपालले अब २ अक्टोबरमा बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग खेल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]