7 years ago
September 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदन्ड मानिने पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भन्डै पाँच वर्षपछि शुरु हुदैछ । २०७० मनाङ लिग च्याम्पियन बनेयता शहिद स्मारक लिगले निरन्तरता पाउन सकेको थिएन । तर, त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगको अवधारणा अघि सारेको थियो ।
जसमा रुस्लान थ्री स्टार च्याम्पियन बन्न सफल भएको थियो । त्यसयता एन्फामा विभिन्न आरोह–अवरोह भएपछि घरेलु फुटबल नै शुन्य प्राय भएको थियो । एन्फामा नयाँ नेतृत्वले लिग आयोजना गर्न सफल भएका हो । लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउसो तीन बजेपछि शुरु हुनेछ ।
लिग शुरु हुनुअघि एन्फाले प्रि–म्याच पत्रकार सम्मेलनको आयोजना गरेको थियो । ‘ए’ डिभिजन लिगमा सहभागी सबै १४ क्लबका प्रशिक्षकले आफ्नो क्लबको तयारी बारे धारणा राखेका थिए । हामीले सबै १४ प्रशिक्षको भनाईलाई संक्षिप्तमा समेटेका छौं ।
महेश्वर मुल्मी (प्रशिक्षक, एनआरटी) -सर्वाधिक पखाईमा रहेको लिगलाई हामीले औसतमा तयारी गरेका छौं । टुडिखेलको मैदानमा हामीले औसतमै तयारी गरेका छौं । हाम्रो लक्ष्य लिगको चौथो देखि छैटौ सम्म रहने हो । हामीले सामान्य खेलाडीलाई टिममा समेटका छौं । केही खेलाडीहरु ‘ए’ डिभिजन लिग खेलेका रहेपनि अन्य सबै लिगका लागि नयाँ खेलाडी नै रहने छ । ‘बी’ डिभिजन लिग खेलेका दुई जना मात्रै टिममा रहेका छन् ।
अनन्त थापा (प्रशिक्षक, नेपाल पुलिस क्लब)– लिगका लागि नेपाल पुलिस क्लब जहिले पनि तयार छ । पुलिस क्लब लिगको दावेदार टोली हो । हामीले लिगलाई मध्यनजर गर्दै २ महिनाअघिबाट प्रशिक्षण शुरु गरेका थियौं । टिममा यसपटक युवा खेलाडीले भरिएको छ । सबै २५ वर्ष मुनिका छन् । ४ वर्षपछि लिग हुनु राम्रो हो । प्रशिक्षकको रुपमा पनि लिग जित्न चाहन्छु । च्यान्पियन बन्ने लक्ष्य छ ।
उजेन श्रेष्ठ (ब्रिगेड ब्वाइज क्लब)- ब्रिगेड ब्वाइजले यस लिगबाट नयाँ खेलाडी जन्माउनेछ । ‘ए’ डिभिजनका खेलाडी छैनन् । टिम जुनियर खेलाडीले भरिएका छन् । हामीले विदेशी खेलाडीबाट पनि अपेक्षा गरेका छौं । हाम्रो योजना लिगमा शीर्ष ८ भित्र रहनु हो । टिमलाई प्रशिक्षण दिन पाएकोमा खुशी छु ।
नरेश थापा (सहायक प्रशिक्षक, जावलाखेल युथ क्लब)- हामीले लिगका लागि करिव दुई अघिबाट आफ्नै मैदानमा प्रशिक्षण थालेका थियौं । टिममा उमेर समूह र नयाँ खेलाडीको बाहुल्यता रहेको छ । लिगका लागि हामीले १९ खेलाडी मात्र अनुबन्ध गर्न सकेका छौं । स्ट्राइकिङ र मिडफिल्डमा केही समस्या देखिएको छ । यसलाई हामी सुधार्नेछौं । लिगमा हाम्रो लक्ष्य सातौ पोजिसन सम्म आउने रहेको छ ।
रमेश महर्जन (प्रशिक्षक, फ्रेन्ड्स क्लब)- डेढ महिना अघिबाट बाग्मती नदी किनारमा प्रशिक्षण गरिरहेका छौं । हामीले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेका छौं । त्यसमा एक दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा बंगलादेशका खेलाडीलाई अुनबन्ध गरेका छौं । टिममा यू–१८ का खेलाडीहरुको बाहुल्यता रहेको छ । हाम्रो लक्ष्य शीर्ष ६ अथवा शीर्ष आठ भित्र रहने हो ।
राजुकाजी शाक्य (प्रशिक्षक, च्यासल युथ क्लब)– ट्रेनिङ राम्रो भएको छ । लिगकै अभ्यासका लागि हामीले भारतमा प्रतियोगिता पनि खेल्यौ । यसले टिममा मनोवल उच्च बनाएको छ । तर, टिम कम्बिनेसन मिल्न सकिरहेको छैन । हामी यसलाई सुधार्ने छौं । विदेशी खेलाडी अुनबन्ध गर्ने प्रयास गरिरहेका छौं । लिगमा राम्रै गर्ने योजना छ । सबै टोलीलाई टफ फाइट दिनेछौं ।
सल्यान खड्गी (प्रशिक्षक, संकटा)- लिगका लागि टिम तयार छ । टिममा अनुभवी र जुनियर खेलाडीको समिश्रण छ । हाम्रो लक्ष्य शीर्ष ५ भित्र पर्ने रहेको छ । हामीले एक महिनाअघिबाट तयारी थालेका छौं । नकआउटमा झै राम्रो नतिजा ल्याउने प्रयास हुनेछ ।
मेघराज केसी (प्रशिक्षक थ्री स्टार)- लिगमा फर्किन पाउँदा खुशी छु । एन्फाको गल्तीकै कारण २ वर्ष फुटबल बाहिर बस्यौं । १० महिनाबाटै तयारी छ । दाबेदारको रुपमा हेर्दा प्रेसर हुन्छ लिग जित्ने कोचको रुपमा उदाउन चाहन्छु । टार्गेट ठूलो छैन ग्याप लामो छ । विपक्षीको बारेमा जानकार छैनौ । पहिलो र दोस्रो राउन्डपछि हामी टार्गेट बनाउनेछौं ।
धनेश्वर प्रजापति (प्रशिक्षक, मच्छिन्द्र क्लब) छोटो समयमा तयारी छ । टिमले राम्रो मैदानमा तयारी गर्न पाएको छैन । नयाँ र पुराना खेलाडीको समिश्रण छ । मिड टेबल हाम्रो टार्गेट हो ।
राजेन्द्र तामाङ (प्रशिक्षक, एपीएफ)- डेढ़ महिनाबाट तयारी शुरू गरेका छौं । नयाँ संरचनाको फुटबलबारे अभ्यस्त पार्ने प्रयास छ । टार्गेट तेस्रो स्थान आदित्य चौधरी मात्रै राष्ट्रिय टिममा छ । यसअघि मैले थ्री स्टारलाई राष्ट्रिय लिग च्याम्पियन बनाएको थिए । अहिले अर्काे क्लबलाई च्याम्पियन बनाउने योजना बनाएको छु ।
सुवास लिम्बु (प्रशिक्षक, हिमालयन शेर्पा)- २० दिन देखि नियमित प्रशिक्षणमा छौं । मलाई प्रशिक्षक चुनिदिनु भएकोमा म एन्फा र हिमालयन शेर्पा क्लबलाई धन्यवाद दिन चहान्छु । सिनियर टिममा प्रशिक्षण पहिलो हुनेछ । यसअघि मैले उमेर समूहको टिमलाई हेरेको थिए । राम्रो मैदानमा प्रशिक्षण गर्न पाएका छैनौ । टिम सेट मिलाउन बाँकी छ । टप सिक्स हाम्रो लक्ष्य हो । कर्ण लिम्बु र दुई विदेशी खेलाडीलाई टिममा अनुबन्ध गरेका छौं । कर्ण र विदेशी खेलाडीबा हामीले अपेक्षा राखेका छौं ।
नवीन न्यौपाने (प्रशिक्षक त्रिभुवन आर्मी क्लब)– विभागीय टोली सधैं तयार छ । सबै गेम महत्वपूर्ण छ । आर्मी अहिलेसम्म लिग च्याम्पियन बन्न सकेको छैन । लिग जित्ने लक्ष्य छ । नयाँ इतिहास बनाउने योजनामा हुनेछौं । विदेशी खेलाडीले गर्दा प्रभाव पर्छ टीम बलियो हुन्छ । टप फाईट दिएर एट्याक गर्ने हो ।
प्रदीप नेपाल (प्रशिक्षक, सरस्वती क्लब)- डेढ़ महिनाबाट प्रशिक्षण गरेका छौं । टप सिक्स हाम्रो लक्ष्य हो । विदेशी ३ खेलाडी टिममा अनुबन्ध गरिसकेका छौं । राजुकुमार घिसिङ जस्ता पुराना खेलाडीको साथ टिमलाई छ ।
टोपे फुजा (प्रशिक्षक, मनाङ–मस्र्याङ्दी क्लब)- टिमको तयारी राम्रो छ । २ सातादेखि नियमित अभ्यास गर्दै आएका छौं खेलाडीहरु राम्रा छन् । उनीहरुले प्रशिक्षणमा निकै मिहेनत गरेका छन् । ग्रास रूटमा धेरै काम भएका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]